विराटनगर । विरामीले सेवन गर्ने अतिआवश्यक औषधीको चरम दुरूपयोग गर्दै दुव्र्येसनीलाई लागूऔषध बनाएर बिक्री वितरण गर्ने उद्देश्यले तस्करी गरि ल्याएको ठूलो परिमाणको औषधी बरामद भएको छ ।
इलामको पशुपति नगरहँुदै तस्करी भएर आएको ठूलो परिमाणको औषधी प्रहरीले पक्राउ गरेको हो । छुर्पी र घ्यूको मे. १ च ६८३३ नम्बरको पिकअप गाडीमा हालेर ल्याएको ७७ लाख ७७ हजार ९ सय ४४ रुपैयाँ मुल्य बरावरको औषधी बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए । अनुचित रूपमा औषधीको प्रयोग गर्न ल्याएको गाडी चालक सईन्द्र राईसहित प्रहरीले औषधी पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले यसअघि पनि अनुचित रूपमा औषधीको दुरुपयोग गरेको भन्दै मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले यसअघि फार्मेशीका संचालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ वर्षीय शुसिल काफ्ले र उनीे श्रीमती ३२ वर्षीया गोमा कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका काफ्ले र कार्कीले नशाका विरामीले सेवन गर्ने ‘डाइसाइकोलोमाइन (स्पासपेन) र प्रिगाभालिन नामको औषधीको चरम दुरूपयोग गरि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए ।
स्पासपेन र प्रिगाभालिन मिक्स गर्दा नशा दिने गर्दछ । त्यही भएर फार्मेशी संचालकले औषधीको अनुचित प्रयोग गरेर लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरिएको पाइयो,’ उनले भने, ‘यी औषधीहरु चिकित्सकको सिफारिसमा मात्र विक्री वितरण गर्नुपर्ने हुन्छ ।’ फार्मेशी संचालक काफलको होलसेल र खुद्रा पसल विराटचौकमा रहेको छ । उनको डे – ड्रिम मेडिसिन सेन्टर थोक पसल हो । उक्त पसलको धनी र व्यवसायी काफ्ले स्वयम रहेका छन् । थोक पसलमा स्पासपेन र प्रिगाभालिन औषधी ल्याएर खुद्रा नेती फर्मादेखि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको पाइएको कट्टेलले बताए । ४० रुपैयाँ पत्तामा विरामीले पाउने स्पासपेन र प्रिगाभालिन कमाउ धन्दामा लागेका फार्मेश संचालक काफलले लागूऔषध प्रयोगकर्तालाई पाँचौ गुणा बढी मूल्य ३ ट्याबलेटको २ सय रुपैयाँमा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
काफलेको पसलदेखि १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको रिट समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा संचय गरेको औषधी पनि बरामद गरेको छ । प्रहरीले स्पासपेन ४४ हजार ३ सय ७० पिस, प्रिगाभालीन १४ हजार ६ सय चक्की बरामद गरेको छ ।