काठमाडौं । सुदूरपश्चिम खप्तड गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र वाग्मती क्लब खेल्दैछन् । ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र र वाग्मतीबीच क्वाटर फाइनल खेल धनगढी रङ्गशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।
नारी दिवसका अवसरमा आजको खेलमा महिलालाई प्रवेश निःशुल्क गरिएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विज्ञप्ति निकालेर जनाएको छ । प्रतियोगितामा दुई फरक टिकट दर छ। विद्यार्थीका लागि १ सय र अरुका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।
सर्वाधिक राशिको खप्तड गोल्डकपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।