इक्युवालिटी कपमा झापा र मोरङ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा जारी प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ प्रतियोगितामा झापा र मोरङ विजयी भएका छन् ।

वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यस अघि नै फानलमा पुगेको हो । पहिलो खेलमा झापाले मधेश प्रदेशको सप्तरीलाई २ सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । झापाले लिगमा सबै खेलमा विजयी भएको छ । सप्तरीले कुनै पनि खेलमा जित हासिल गर्न सकेन ।

टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २ सय ६० रनको विशाल स्कोर बनाएको थियो । झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गरिन् । काजलले १ सय २ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा १७ चौका प्रहार गरिन् । काजलबाहेक अपसरी वेगमले अर्धसतक प्रहार गर्दै ५० रनमा आउट भइन । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिइन् । झापाका २ विकेट रन आउटमा भएको थियो ।

२ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलव २ बलमा सवै विकेटको क्षति २७ रनमा सिमीत भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । झापाकी एलीसा खडियाले ४ ओभर बलिङ गर्दै विना रन ४ मेडन राखेकी थिइन् भने । खेलको वुमेन अफ द म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित भइन् ।

दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनकोे स्कोर बनाएको थियो । सुनसरीकी भावनाले काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाइन् । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिइन् ।

१ सय १८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाई । त्यस्तै सृजना राजवंशी २४ रनमा आउट भइन् । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन् । खेलको वुमेन अफ द म्याच मोरङकी रानु घोषित भइन् । फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।

सोमबार, २३ फागुन, २०७८, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर