लेटाङ्ग । ‘प्रोवेसन ब्राण्ड’ प्राप्त लेटाङ्गको एक मात्र सहकारी लेटाङ्ग वचत तथा ऋण सहकारी संस्था लिमिटेड लेटाङ्गले आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जनसेवा सामुदायीक वन लेटाङ्ग ४ को सभाहलमा सम्पन्न उक्त शिविरमा नोवेल मेडिकल कलेज विराटनगरले प्राविधिक सहयोग गरेको हो । शिविरमा जनरल मेडिसिन तथा मुटुरोग , प्रसुती तथा स्त्री रोग , बाल रोग , शल्यक्रिया, मानसिक तथा नसा रोग,हाड जोर्नी लगाएत दश ओटा रोगको परिक्षण तथा उपचार गरीएको संस्थाका व्यावस्थापक सिताराम न्यौपानेले वताए ।
शिविर उपभोक्ता स्वस्थ्य भए संस्था सवल हुन्छ भन्ने उद्देश्यले संचालन गरीएको संस्थाका अध्यक्ष गोपाल बाह्रकोटीले वताए । शिविर बाट चार सय ५६ जनाले सेवा लिएको नोवेल अस्पताल विराटनगरका कलेजोरोग विशेषज्ञ डा. मोहन खड्काले जनाए ।