निर्मल भण्डारी
कुनै एउटा जमघटपछिको फोटो सेसन चल्दैगर्दा,
कसैले भन्छ: उ चै फलानोको बैनी ।
मैले भन्छु: होर र? फलानोको पो बैनी हो र?
फलानोको बैनीले भन्छे: हो त ! म तपाईंलाई चिन्छु। तपाईंको नाम निर्मल भण्डारी होइन ?
हाम्रो पहिलो भेट र बोलचालको सुरुवात यसरी भएको थियो। आज ४ वर्ष बित्न लागेको छ। बेलुका फेसबुकमा रिक्वेस्ट आउँछ र एक्सेप्ट गरेलगत्तै हेल्लो भनेर आएको म्यासेजमा मैले हजुर बैनी भनेर फर्काएको सम्झँदा खुबै मज्जा लाग्छ।
कुराकानीको सिलसिलाको करिबकरिब एक महिनापछि ‘आई लभ युु भनेर मैले पठाउँदा’ हस् ! भनेर पठाउने मान्छेले अहिले आफैं दिनमा सयौं पटक सम्म पनि आई लभ युु भनेर म्यासेज पठाएको देख्दा मन अझ आनन्दीत हुन्छ। यसरी नै विजारोपण भएको हाम्रो प्रेम आज एउटा छुट्टिनै नसक्ने अवस्थामा पुगेको छ।
तिम्रो निस्स्वार्थ माया,मोहिनी रूप र अथाह खुबीहरु बिच थाहै नपाई सुस्त सुस्त म पनि तिम्रो मायाको छाहारीमा ओत लाग्न पुगेछु । प्रिय, तिम्रो र मेरो प्रेमको कहानी नै लेख्नु हो भने त हजारौं पानाहरु भरिन्छन् तरपनी आज प्रणय दिवसको दिन तिम्रो नाममा केही शब्दहरु लेख्न मन लाग्यो । तिम्रो सम्बोधनमा कति मिठास छ, कति आदर छ, कति त्याग छ,कति समर्पण छ शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन ।
विज्ञानले मुटुको चार कोठा छ भन्छ, अरुको बास ती कोठाको कुनै एक कुनामा हुँदो हो तर तिमी हरेक कोठाको मध्यबिन्दु बनेर बसेकी छौ। मलाई थाहा छैन माया भनेको के हो, तर तिमी कहिलेकाही केही समय कन्ट्याकलेस हुँदा मलाई किन छट्पटी हुन्छ ? अलिकती तिमी रिसाउँदा मलाई किन असह्य हुन्छ ?सायद त्यही होला माया ।
म तिमिप्रतिको प्रेम व्यक्त गर्न सक्दिन् तर मेरो मनमा महसुस हुन्छ, अनुभुति हुन्छ। तिमिप्रती मेरो प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई ।
तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ।
प्रिय् ! मैले आफ्नो सम्पूर्ण जिबन सम्झेको छु तिमिलाई र आफुले आफुलाई तिमि प्रति समर्पित गरिसकेको छु । प्रेम कल्पनामा होइन यो वास्तविकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी संघर्ष जिन्दगीको अर्को नाम हो ।
जिन्दगीका पानाभरी संघर्षै संघर्ष लुकेको हुन्छ र संघर्ष गर्नुमा मज्जा पनि छ। तसर्थ तिमिलाई म आफ्नो बनाउन जस्तोसुकै संघर्ष पनि मोल्न तयार छु। तिम्रो र मेरो प्रेममा कोहि क्लोडियस पनि बन्न सक्छ, त्यसको लागि तिमी र म दुबै भ्यालेनटाईन बन्न सक्नुपर्छ।
हुनत मलाई यो शाताब्यापी मनाउने प्रणय सप्ताह खासै खास लाग्दैन् तरपनि आज चैँ विषेश दिन हो। किनकि प्रेम विरोधि शासक क्लोडियसले प्रेम गर्न प्रेरित गर्ने र प्रेमको अर्थ बुझाउने भ्यालेनटाईनलाई आजकै दिन फाँसी दिईएको थियो अर्थात प्रेमको लागि जीवन त्याग गरेका भ्यालेनटाइनलाई आजको दिन नसम्झीरहन सकिँदैन्।
प्रणय दिवसको पुर्व सन्ध्यामा मनाउने डेहरुमा खासै वास्ता गरेन भनेर नभन्नु प्रिय किनकी हर समय म तिमीलाई पाउँछु, तिमी मलाई पाउँछ्यौ, हामी हामीलाई नै पाउछौं हाम्रै अङ्गालोमा भने किन चाहियो हामीलाई ‘अङ्गालो दिवस’रु हाम्रा साथहरुमा नै यती मिठास हामीले पाउछौं हरपल भने किन चाहियो हामीलाई रङ्गिन प्लास्टिकले बेरेका चकलेटहरुरु त्यसैले त म दिन्न बनावटी हग्स( अङ्गालो ) न म तिमीलाई दिनेछु बाहिरी आवरण मात्र सुन्दर देखिने बजारीया टेडिहरु नै।
जब तिमी मेरो र म तिम्रो नै हौं भने किन गर्नुपर्यो बर्षमा एकदिन ‘प्रस्ताव’रु कहाँं लुकेका हुन्छन प्रेम कसले देखाउन सक्छ त्यो प्रेम जुन चकलेट, गूलाबका फूल र प्रस्तावहरुमा ?
बस आजलाई एती भन्छु कि तिमी मेरी माया हौ म तिम्रो प्रेम बन्न सकुँ। आखिर माया नै त आभास हो, अनूभुति हो जुन आभास र अनुभूति दृष्टिबिहिन र सुस्त श्रवण भएकाले पनि गर्न सकुन।
मैले लेखेका यी हरेक शब्दहरु तिम्रो नाममा फुरेका शब्दहरु हुन्। तसर्थ यी हरेक शब्द, हरेक वाक्य र हरेक अनुच्छेदहरुमा तिमिप्रतिको प्रेम छ।
अन्त्यमा लेख्नलाई त कत्ति शब्दहरु छन् सबै लेख्न सम्भव पनि छैन्,
अहिलेलाई यत्ती भन्छु, ‘हेप्पी भ्यालेनटाईन डे ।’
उहि तिम्रो प्रेमी !