विराटनगर ।पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १,८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २,८८,८३७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् भने देशभर २६,१०२ जना सक्रिय संक्रमित रहेका छन् ।