गोल्डेनमा हरिलाल साहले पाए नयाँ जीवन

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा एक जना भारतीय विरामीको जटिल प्रकारको सफल शल्यक्रिया भएको छ ।

भारतको अरेरिया जिल्लाको गरियाका ६२ वर्षीय हरिलाल साहको गोल्डेनमा जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको हो । साहलाई ब्लट प्रेसरले हानेपछि १२ माघमा ब्रेन ह्यामरेज भएको थियो । उनलाई सोही दिन गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । गोल्डेनका न्यूरो सर्जन डा. चन्द्रप्रसाद यादव र डा. रोशन खतिवडाको टिमले सफल शल्यक्रिया गरेर विरामीले नयाँ जीवन दिएका हुन् ।

प्रेसरका विरामी साह बेहोस भएका थिए । ‘हामीले बुवालाई तत्काल लिएर गोल्डेन अस्पताल लिएर आयौं । बुवाको होस आएन,’ छोरी रेखा साहले भनिन्, ‘गोल्डेनका न्यूरो सर्जन डा. यादव र खतिवडाको टिमले सफल उपचार गरेर बुवालाई नयाँ जीवन दिनुभएको छ ।’

बुवाको स्वाथ्य अवस्था ठिक भएपछि हर्षिद मुद्रामा देखिएकी छोरी रेखाले अहिले बुवा मज्जासँगले बोल्न र हिडडुल गर्न सक्ने भएको बताइन् । ‘१५ दिनकोे उपचारपछि शुक्रबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुवालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुवालाई बचाउनुभयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुवाले नयाँ जीवन पाउनुभयो ।’ साहको परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

साहको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको न्यूरो सर्जन डा. चन्द्र प्रसाद यादवले बताए । चिकित्सक डा. यादवका अनुसार अहिले स्वास्थ्य अवस्था सुधार भएपछि डिस्चार्ज दिएको बताए । यसअघि पनि गोल्डेन अस्पतालले जटिल प्रकारको विरामीको उपचार गर्दै आएको छ ।

शुक्रबार, २८ माघ, २०७८, साँझको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर