विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले प्रहरीलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । संघले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
तेस्रो लहरमा फैलिएको कोभिड १९ बाट जोगिन अग्रंपत्तीमा खटिने प्रहरीलाई संघले माक्स, सेनिटाइजर बितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष ढकालले जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । संघले सामाजिक उत्तरदायित्व अन्र्गत जनताको सुरक्षामा अवरात खटिने प्रहरीलाई स्वास्थ्य समाग्री वितरण गरेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
यसअघि पनि संघले मोरङको मुद्दा चल्ने आठ वटा इलका प्रहरी कार्यालय, संचारकर्मी, ज्येष्ठ नागरिक तथा असाय बालवालिकाहरुलाई स्वास्थ्य सामाग्री, खाद्यान्य र स्वास्थ्य शिविरहरु पनि गर्दै आएको छ ।