काठमाडौं । सरकारले हराएको कोरोना भाईरस विरुद्धको २४ लाख मात्रा खोप खोजी गर्न ५ सदस्य छानविन समिति गठन गरेको छ । मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा समिति बनाएको छ भने सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् ।
विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ ।
अवको दुई हप्तामा सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ । हिजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप मौज्दात र खोप लगाइएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन सार्वजनिक सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।