मधेस आन्दोलनका उपलब्धि खै ?

 जयप्रकाश आनन्द

बिहीबार मधेसमा बलिदान दिवस मनाइए । प्रादेशिक सरकारले सप्ताह भित्र तेस्रो दिन सार्वजनिक बिदा उपभोग ग¥यो । जनकपुर चुरोट कारखानाको बिपूल अचल सम्पतिलाई प्रदेश सरकारको मुख्यालय घोषित गर्ना साथै त्यस सरकारले ‘खेत खेतमा पानी र हात हातमा रोजगार’ दिने स्वप्न सार्वजनिक गरेको थियो । पथलैयादेखि कोशी व्यारेजसम्मको राजमार्ग खण्डमा उक्त नाराको हजारांै ‘होर्डिंग’ बोर्डहरू खडा गरियो, जुन अहिले देखिन्न् । बरू यस बीच मलको हहाकारमा हजारौं किसानहरू लाठी मुंग्रो लिएर संघीय र प्रादेशिक सरकारका बिरूद्ध सडकमा ओर्ले ।

प्रादेशिक सरकारले आफ्नो सुरक्षाका लागि उनै द्वारा घोषित शत्रुको बूँई चढेर पनि सरकारमा रहेको छ । शुरूवाती वर्षहरूमा दुबै मधेसी पार्टीले एमालेको सहयोग प्राप्त गरे, पछि काँग्रेस र माओवादीले टेको दिए । अर्काे मधेसी दल, जो सँगको गठबन्धनले यिनीहरू मधेसका ठूलो पार्टी बनेका थिए –तिनलाई मधेस भवनबाट बहिर्याए । लोसपा बनाएर महन्थ ठाकुर र राजेन्द्र महतोहरू प्रतिपक्षमा पुगेका छन् । समिकरण, सहकार्य र गठबन्धनमा मधेसी पार्टीहरू महारत हासिल गरेका छन् । यस अघि रिक्त रहेको संघीय संसदको राष्ट्रिय सभा सदस्यमा एमालेसँग मिलेर आफ्ना मानिसलाई सशुल्क बिजयी गराए । अबको केही दिनभित्रै हुने अर्काे चुनावमा काँग्रेस र माओवादीसँग मिलेर उम्मेदवार खडा गरेका छन् । यो दुबै पटक मधेसी पार्टीले यो सहकार्य संघीय संसदको निर्वाचनसम्म अटल रहने भनेको थियो ।

मधेसी दलहरूले जातीय जनाधारलाई बलियो बनाएका छन् । यसर्थ, मधेसका मुद्दाहरू यिनीहरूका लागि खासै महत्व राख्दैन । सदैव अविच्छिन्न रोषमा रहेको तथा अवचेतन अवस्थाका सर्वसाधारण मधेसी जनताले मुद्दामा आधारित रहेर यिनीहरूको कार्य मूल्यांकन गर्न सकेको छैन । मधेसी नागरिक समाज त सत्तालम्पट मधेसी पार्टीको अर्काे भाग अर्थात् सिक्काको अर्काे पाटो मात्र भएको छ ।

यिनीहरूमा फुट र बिग्रहको निरन्तरको स्वभाव जारी छ । यस एक वर्षभित्र पाँचवटा मधेसी पार्टी मिलेर ‘राजपा’ बनाए । यो राजपा उपेन्द्र यादवसँग मिलेर ‘जसपा’ बनाए । जसपाबाट महन्थ र राजेन्द्र महतो अलग भएर ‘लोसपा’ बनाए । अब लोसपाबाट राजेन्द्र महतो लगभग अलग्गिएको अवस्था छ । यसको समानान्तर उपेन्द्र यादवको जसपाबाट डा. बाबुराम भट्टराई बहिरिने निश्चित नै छ । अशोक राईसँगै उपेन्द्रको पार्टीमा गएका भोजपुरका हेमराज राई राष्ट्रिय सभाका उम्मेदवार बनाईएका छन् । यस चुनावको समाप्तिपछि शायद अशोक राईले डा. बाबुरामसँग आफ्नो पोजिशन स्पष्ट पार्ने होला । तर, मुहूर्त जुन दिनको बनोस्, यो सन्निकट छ कि जसपमा अर्काे बिभाजन अवश्यंम्भावी छ ।

यस बीच सिके राउतका गतिविधीलाई धेरैले नोटिसमा राखेका छन् । शायद मधेसी कित्ताबाट यिनको प्रहार बिशेषतः उपेन्द्र यादवप्रति केन्द्रीत देखिन्छ । मधेसमा लोकप्रिय मानिएको ‘लाठी जुलुस’मा जनमत पार्टीले हिस्सेदारी बढाउदै गएमा आउँदो निर्वाचनमा २०० ÷४०० भोटको अन्तरबाट जितेका मठाधीश मधेसी पार्टीहरूको उल्लेख्य सीट खोसिनेमा शंका न रहला ।

कठिन छ अवस्था मधेसी पार्टीहरूको । यस्तोमा यिनलाई ‘भ्यागुतो उफ्र्याई ’ को यौटा मुद्दा चाहिएला । भारतमा मोदीले पाकिस्तानको बालाकोटमा गरेको सर्जिकल स्ट्राईक जस्तो । यो सर्जिकल स्ट्राईकले देखाएको छ–बढी संख्याको र स्पष्ट मानवीय क्षति भारतको भएपनि बढी प्रचार भने ‘मोदीले पाकिस्तान भित्र छिरेर ठोक्यो ।’ यसको बढी प्रचार भयो । यस्तै अब यि मधेसी पार्टीहरूले मधेसमा ‘आठ जिल्लाको प्रदेश २ को नामाकरण मधेस प्रदेश गराएकोलाई शायद उपयोग गर्ने होला । उपेन्द्र यादवले त यसको संकेत दिई सकेका छन् ।

मधेसी समुदायको चिरन्तरको रोष, सामुहिक भावातिरेक र बालुवालाई सुनमा रूपान्तरित गरेर पार्टीहरूले ऋणी जनताको ऋण मोचन गरिदिने मधेसी जनतामा रहेको मीथ आदिले गर्दा मधेसको वर्तमानको बस्तुनिष्ठ मूल्यांकनको कुनै संभावना छैन । देखिन्न ।

शुक्रबार, ०७ माघ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर