सुनिल शर्मा मुर्दावाद ! लेखेको पोष्टर टाँस्दै विद्यार्थी

विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । आजको आन्दोलनमा विद्यार्थीहरुले ‘मेडिकल माफिया सुनिल शर्मा मुर्दावाद !’ लेखेको पोष्टर विद्यार्थीहरुले सार्वजनिक स्थलमा टाँसेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राङ्गणमा विद्यार्थीले धर्ना पनि दिए । विद्यार्थीहरूले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् । उनीहरुले नोबेल मेडिकल कलेजको विद्यार्थी बोक्ने बसका साथै अस्पतालको भवनको भित्तामा समेत सुनिल शर्मा विरुद्धको पोष्टर टाँसेका छन् ।

अभिभावकसँग सहमति गरेको नाममा सार्वजनिक भएका कुरा झुठो रहेको भन्दै विद्यार्थीको माग पुरा नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन् । ‘नोबेल मेडिकल कलेजको लुटतन्त्र, माफियागिरी र गुण्डागर्दीका विरुद्धको शान्तिपूर्ण विरोध प्रदर्शन निरन्तर जारी छ,’ विद्यार्थी नेता ओसिम आलमले भने, ‘आज ‘मेडिकल माफिया सुनिल शर्मा मुर्दावाद !’ लेखिएको पम्प्लेट टाँसेर सांकेतिक विरोध प्रदर्शन गरियो । जबसम्म शुल्क वृद्धि फिर्ता हुँदैन तब सम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ।’

मङ्गलबार, ०४ माघ, २०७८, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर