मैत्रीपूर्ण साईकल रेस प्रतियोगिता हुने

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले माघ १ गते विराटनगरमा मैत्रीपूर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ । क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट बिहान साढे ६ बजे हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सुनसरीको इटहरी, धरान र झापाको बिर्तामोड सहित प्रदेश नं. १ को विभिन्न ठाउँबाट २०० बढी प्रतियोगीहरु सहभागी हुनेछन् । प्रतियोगितामा काठमाण्डौंको त्रिभुवन आर्र्मी क्लबको समेत सहभागिता रहने आयोजक संस्थाकी अध्यक्ष जयश्री जाजुले जानकारी दिइन् । प्रतियोगितामा सहभागी हुने प्रतियोगीले नै साइकलको प्रवन्ध गर्नुपर्ने जानकारी दिइन् ।

विराटनगरको आदर्श स्कुलबाट सुरु हुने साइक्लोथन ३.० मैत्रीपूर्ण साईकल रेस प्रतियोगिताले विराटनगरको विभिन्न भागलाई छुँदै कुल १६ किलोमिटरको दुरी तय गर्नेछ । विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः आर्दश स्कुल परिसरमै आएर सम्पन्न हुने रेसका प्रतियोगीहरुका लागि आयोजकले प्रमाण–पत्र, मेडल, इभेन्ट ज्याकेट, क्याप र फुड बक्सको व्यवस्था गरेको छ ।
प्रतियोगिताको विजेताहरुका लागि भने प्रमाण–पत्र र मेडल सहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाकी अध्यक्ष जाजुले बताइन् । उनीले प्रतियोगिता अनुसार पुरुषतर्फको गियर र नन्–गियर तथा महिलातर्फको प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय हुनेहरुका लागि क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिइन् । प्रतियोगितामा सहभागी हुन १ हजार रुपैयाँ तिरेर रजिष्ट्रेशन फारम भर्नुपर्ने उनको भनाइ छ ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले यसअघि पनि दुईपटक ‘पेडल फर एजुकेशन’ को लक्ष्य सहित साइक्लोथन–मैत्रीपुर्ण साइकल रेस प्रतियोगिताको आयोजना गरिसकेको छ ।

मङ्गलबार, २७ पुष, २०७८, दिउँसोको ०२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर