विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा आज विहान छड्के अनुगमन गरेका छन् । इनरुवा अस्पतालमा आएका बिरामीलाई अन्यत्र रेफर गर्ने गुनासो बढेपछि मन्त्री यादव विहानै अस्पताल पुगेका थिए ।
मन्त्री यादवले अस्पतालको फार्मेसी कक्ष, विरामीको अवस्था, सरसफाई, एक्स–रे कक्षलगायतका कोठाहरुमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा विशेषज्ञ चिकित्सको अभाव, सरसफाईमा कमी, औषधीको अभाव लगायतका समस्याहरु देखा परेको मन्त्री यादवले बताए । उनले इनरुवा अस्पताललाई सुधार गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताए ।
इनरुवा अस्पतालबाट विरामी अन्यत्र लैजाने समस्याको समाधान गरिने मन्त्री यादवले बताए । उनले भने, ‘अस्पतालमा धेरै सुधारको आवस्यकता छ ।’ मन्त्री यादवसहित मन्त्रालयका कर्मचारीहरुले यसअघि अस्पतालको अनुगमन सहित सरोकोरवालासँग अन्र्तक्रिया गरेका थिए ।