विराटनगरमा १ लाख ६७ हजारलाई पूर्ण खोप

विराटनगर । विराटनगर महानगरपालिकाले हालसम्म १ लाख ६७ हजार जनालाई कोरोना विरुद्धको पूर्ण खोप लगाएको जनाएको छ ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगरमा ३ लाखलाई कोरोना विरुद्धको खोप लगाउनु पर्ने अनुमान गरिएको छ । उमेरसमूह अनुसार हालसम्म १८ वर्ष माथिकालाई लगाइएको छ । अब पुस अन्तिम हप्तादेखि १२ देखि १७ वर्ष उमेरसमूहका प्रत्येक विद्यार्थीलाई फाइजर खोप लगाउने महानगरले लक्ष्य राखेको छ ।

‘१२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीका लागि हामीले पुसको अन्तिम हप्तादेखि माघ पहिलो हप्तासम्म निरन्तर फाइजर खोप लगाउने तयारी गरेका छौं,’ कार्कीले भने, ‘प्रत्येक विद्यालयमा पुगेर खोप लगाइने छ, विद्यालयमा छुटेका सो उमेर समूहका बालबालिकाका लागि प्रत्येक वडाका खोप केन्द्रमा लगाइने छ ।’

फाइजर खोप लगाएपछि आधा घण्टासम्म निगरानी गर्नुपर्ने उनले बताए । तर, यसअघि कोशी अस्पतालमा परीक्षणका लागि लगाएको उक्त खोपले कुनै नकारात्मक असर नगरेको र परीक्षण सफल भएको कार्कीको भनाइ छ ।

सोमबार, १९ पुष, २०७८, बिहानको ११:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर