विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालले कम तौल भएका जुम्लिया नवजात शिशुको सफल उपचार गरेको छ । हस्पिटलले ७ सय ग्राम र ९ सय ग्राम तौल भएका जुम्लिया नवजात शिशुको सफल उपचार गरेको हो ।
सामान्यतः दुई किलो भन्दा कम जन्मिएको बच्चा बचाउन गाह्रो हुने गरेको चिकित्सकहरु बताउँछन् । तर, गोल्डेनमा कार्यरत बालरोग बिषेशज्ञ डा. सतिस यादवसहितको चिकित्सकको टोलीले कम तौल भएको बच्चाको सफल उपचार भएपछि आइतबार डिस्चार्ज भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–३ घर भएकी सीमा बस्नेत गोल्डने अस्पतालमा तीन साता अगाडि भर्ना भएका थिए । उनको २० मंसिरमा अस्पतालमा नर्मल डेलिभरी भयो । सीमाले ७ सय ग्राम र ९ सय ग्राम तौल भएको नवजात शिशुलाई जन्म दिइन् । २७ हप्तामा जन्म लिएका कम तौल भएको ७ सय ग्रामको नवजात शिशुलाई पाँच दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि बचाउन सफल भएको डा. यादवले बताए । ‘अहिलेसम्म मैले उपचार गर्दा यदि कम तौलको नवजात शिशु देखिएको थिइन् । यो नै पहिलो पटक हो,’ उनले भने, ‘कम तौलम भएको नवजात बच्चालाई बचाउन निक्कै मुस्किल हुने गर्दछ । तर, हामीले जुम्लिया जन्मिएको बच्चाको सफल रूपमा उपचार गरेर बचाउन सफल भएका छौं ।’ अहिले नवजात शिशुको अवस्था राम्रो रहेको डा. यादवले बताए । ‘सुरूमा नवजात शिशुको श्वासप्रश्वासमा समस्या थियो,’ उपचारमा संलग्न डा. यादवले भने, ‘अहिले बच्चाको अवस्थामा धेरै राम्रो छ ।’ ७ सय ग्राम तौल भएको नवजात शिशुको तौलम ९ सय ग्रामभन्दा बढी पुगेको उनले बताए ।
‘विशेषज्ञहरूको टिमले अब बच्चालाई कुनै खतरा नभएकाले डिस्चार्ज गर्न लागेका हौं ।’ अहिले बालिकाले आमाको दूध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अंगले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गरिएको डा. यादवले बताए । कम तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउने चिकित्सकले बताए । उनीहरु स्वास्थ्यका हिसावले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. यादवले बताए । उनका अनुसार कम तौल भएका बच्चालाई चिसोबाट बचाउनुपर्ने सुझाव दिएका छन् । ‘कम तौल भएका बच्चामा शरीरलाई तातो बनाउने ब्राउन फ्याटको कमी हुन्छ,’ उनले भने, ‘ब्राउन फ्याट कम हुने भएकैले त्यस्ता बच्चालाई चाँडो चिसोले समाउँछ । तसर्थ कम तौल भएका बच्चालाई चिसोबाट बचाउन ध्यान पुर्याउनुपर्छ ।
सफल उपचारपछि नवजात शिशु अहिले ठिक भएको अस्पतालले उपचारमा अढाइ लाख रुपैयाँ छुट पनि दिएको छ । नवजात शिशुको हजुरआमा मीरा बस्नेतले सफल उपचार भएपछि नातिहरुले नयाँ जीवन पाएको बताइन् । नातीलाई नयाँ जीवन दिलाउन उपचारमा संलग्न चिकित्सक र अस्पतलालाई धन्यवाद व्यक्त गरिन् ।