ग्रामथान । नव दृष्टि आई हस्पिटल प्रा.लि. इटहरी – ४ सुनसरीको सहयोगमा मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर – २ पिरारबनी आधारभुत स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
ग्रामथान गाउँपालिकाका न्युन आर्थिक अवस्था भएका स्थानीय बासिन्दालाई लक्षित गरि शिविर संचालन गरिएको नव दृष्टि आई हस्पिटलले जनाएको छ ।
शिविरमा ग्रामथान गाउँपालिका वडा नम्बर १,२,३ र अन्य क्षेत्रका गरि करिब ५०० जना भन्दा बढीले सेवा लिएका छन् जस मध्ये १० जनालाई अपरेसनका लागि सिफारिस समेत गरेको छ ।
शिविरमा नव दृष्टि आई हस्पिटलकी आँखा विशेषज्ञ ओइल माया उम्बु , नेत्र सहायक मन्जु यादव , अर्जुन माझी , अन्जली अधिकारी र आँखा स्वास्थ्य कार्यकर्ता टीका देवी भट्टराई खटिएका थिए ।
यसैगरी १९ गते सोमबार ग्रामथान गाउँपालिका वडा नम्बर – १ लखन्तरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर संचालन गरिने नव दृष्टि आई हस्पिटल प्रा. लि. का नेत्र सहायक अर्जुन माझीले जानकारी दिए ।