पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ मिलन चोकमा सपोर्ट पुनर्स्थापना केन्द्र संचालनमा आएको छ।
केन्द्रको बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख दिलिप कुमार राईले रिवन काटेर उद्घाटन गरे । लागुपदार्थ तथा माधक पदार्थ दुर्ब्यसनीमा फसेका व्यक्तिलाई छुटकारा दिलाई पुनर्स्थापना गर्ने उद्देश्यले केन्द्र संचालनमा ल्याईएको संचालक बिपिन गुरुङले बताए ।
शुभकामना मन्तव्य राख्दै नगर प्रमुख राईले पछिल्लो समय युवा पिँढी दुर्व्यसनीमा फस्नु दुःखद रहेको भन्दै उक्त दुर्व्यसनीबाट पुनर्स्थापना गर्न केन्द्र खोलिनु नगरका लागि खुशीको कुरा रहेको बताए ।
केन्द्रमा आउने व्यक्तिहरुको शुल्क र उनीहरुको खानपान साथै शारीरिक तथा मानसिक स्वास्थमा संवेदशिल रहन आग्रह गर्दै प्रमुख राईले नगरले सक्ने सहयोग गर्न तयार रहेको बताए ।