बिक्रम लुईटेल
यतिखेर नेकपा एमाले देशव्यापी रूपमा आन्तरिक चुनाबी अभियानमा लागिरहेको छ । लामो समयपछि एमालेको चुनावमा सर्वसम्मत नेतृत्वहरू चयन भइरहेका छन् । गुटको तीब्र चपेटामा परेको एमालेमा पछिल्ला चुनावहरूमा हुनुपर्ने र हुनुनपर्ने सबै खालका गतिविधीहरू भए । त्यसको परिमाण स्वरुप एमाले विभाजनमा सहजता भयो । अहिले भइरहेको चुनावमा गुट नहुँदा चुनावी रौनक नआएको जस्तो महसुश भएको छ । गुटबन्दी हुँदा त्यसको चर्चा मिडियामा हुनु र आम नागरिकको ध्यान अलिक बढी त्यता जाने गर्थो । कतिपियले काँग्रेसको भर्खरै निर्वाचन भएकाले एमालेको निर्वाचन चर्चामा आएन पनि भन्ने गरेका छन् । हुन पनि पार्टीमा गुटबिहीन हुँदा चर्चा नहुने रहेछ । प्रतिस्पर्धाबिनाको अधिवेशनबाट नेतृत्वमा आउनेलाई पनि खल्लो महसुश हुने खालको अनुभूति कतिपय एमालेजनको छ ।
प्रदेशको राजधानी विराटनगरको चुनावमा प्रतिस्पर्धा हुने लक्षण देखिएपनि अन्तिममा सर्वसम्मत भयो । विराटनगरको चुनाव एमालेका लागि महत्वपूर्ण पनि छ । किनकि काँग्रेसले विराटनगरलाई आफ्नो राजधानी ठान्नदछ । त्यो मात्र होइन्, कुनैबेला विराटनगर राजनैतिक नगरीको रुपमा पनि परिचित थियो । कमिटिगत हिसाबले सानो भएपनि काँग्रेस, एमाले जस्ता ठूला पार्टीको निर्वाचनको महत्व स्वभाविक रूपमा चर्चा हुन्छ । अहिलेको निर्वाचनलाई स्थानीय तहको निर्वाचनसँग पनि जोडेर हेरिन्छ । त्यसैले पनि एमाले र काँग्रेसको चुनावमा सबैको चासो जोडियो । त्यति मात्र होइन । टोलटोमा पार्टीहरूको चर्चा भए र उम्मेदवारको विषयमा पनि बहस भए । यही बहसको बिचमा नेकपा एमालेको महानगर कमिटिमा सागर थापा निर्वाचित भएका छन् ।
अहिलेको यो महानगरको निर्वाचनले थापालाई आगमी दिनमा नेताको रूपमा स्थापित हुने बाटो पनि खोलिदिएको छ । अघिल्ला कमिटि गठनमा यदि धेरै बहस, टोल–टोलमा छलफल हुदैनथिए । अहिलेको बहस बस्तीभित्र छिरेको छ । त्यसैले पनि थापा स्थापित नेताको रूपमा उदाउने ठाउँमा पुगेका छन् । एमालेमा साँच्चै भन्ने हो भने महानगरभित्र नेताको खडेरी नै छ । भएका नेताहरु केन्द्रीय राजनीति र प्रतिनिधिसभातिर ताक्ने खालका छन् । यो अर्थमा उनलाई महानगरबाट अगाडि बढ्न सजिलो हुनेछ । उनले आफूभित्रको कमजोरीलाई सच्याउँदै अघि बढनुपर्ने भने खाँचो छ । विराटनगरको औद्योगिक र बुद्धिजीवीहरूको सहर पनि हो । यी क्षेत्रभित्र आफ्नो दरिलो उपस्थिति र पार्टीभित्र आफ्नो बैचारिक क्षमतालाई पब्लिक फोरममार्फत स्थापित गर्न सके भने उनले आफूलाई अगाडि बढाउन सक्नेछन् ।
कमजोर उपस्थिति भएको एमालेलाई नगरभित्र स्थापित गर्नका लागि अहिले नै उनले विराटनगरको विकास र सम्भावनाको बारेमा बहस चलाउनुपर्छ । यहाँका बौद्धिक, व्यवसायिक व्यक्तिहरुबीच उनले आफ्नो क्षमता देखाउनुपर्नेछ । नगरभित्र उनीसँग प्रतिस्पर्धामा चर्चामा रहेका उम्मेदवार पर्शुराम बस्नेतदेखि पार्टीका उपल्ला नेताहरुसम्मको सम्बन्धनलाई दरिलो बनाउँदै केन्द्रीय तहका नेतासँगको सम्बन्धनलाई पनि समधुर र व्यवस्थित बनाउन सके उनका लागि अवसर हुनसक्छ । कुनैबेला देशकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा स्वबियु सभापतिबाट निर्वाचित भएर राजनैतिकमा आएका थापा कमजोरीहरू पनि उतिकै छन् । उनले ती कमजोरीहरुलाई सुधार गरेर लैजानुपर्ने अवस्था रहेको छ । वाककला होस् या यहाँका बौद्धिक व्यवसायीक व्यक्तिहरुबीचको अन्तरघुलन उनको चुनौति हो । यो चुनौतिलाई पार लगाउँदै उनीसँग असन्तुष्ट पुराना एमालेका नेताहरुलाई रिझाएर अगाडि बढ्दै जानुपर्ने चुनौती पनि उत्तिकै छ ।
निर्वाचन आयोगले आगमी चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरिसकेको छ । यो अवस्थामा आगामी निर्वाचनमा एमालेलाई विराटनगरमा बलियो बनाएर देखाउन सके उनले पछि फर्कनुपर्ने अवस्था आउँदैन । विराटनगर महानगरपालिकाभित्रका गतिविधि र यसबीचमा भएका काम, कारवाहीका विषयमा पनि अब पब्लिकले एमालेको आवाज सुन्ननुपर्नेछ । सँगै एमालेले विराटनगरलाई कस्तो बनाउन चाहिरहेको छ भन्ने बहस घनिभुत गराउन पनि जरुरी छ । सार्वजानिक जीवनलाई व्यवस्थित गर्दै आफ्नै कमिटिको विश्वास लिँदै अघि बढ्नसके थापाको कार्यकाल सफल हुनेमा दुईमत छैन । यो सफलताको लागि मेरो पनि शुभकामना ।