युवा सहभागिता मात्र हैन, नेतृत्व आवश्यक

 आशिका लम्साल

माओले भनेका थिए, ‘युवाहरू देश तिमीहरूको हो, हाम्रो पनि हो । तर, अन्तिममा देश तिमीहरूको नै हो ।’

महान् नेता माओले भनेझैँ देश बनाउने जिम्मा पनि युवाहरूको नै हो । देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने परिवर्तनका हरेक इतिहासमा युवाहरूको भूमिका अग्रणी रहेको पाइन्छ । हिजोको पुस्ता राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रवरिुद्ध लड्न डराएको भएवा चुकेका भए आज हाम्रो पुस्ताले लोकतन्त्रको महसुस गर्न पाउने थिएन । उपलब्धिको उपभोग गररिहँदा त्यो संघर्ष र योगदानको सम्मान गर्नु हाम्रो दायित्व हुन आउँछ । हजारौँको योगदान र बलिदानबाट आएको लोकतन्त्र आज सत्तामोहले गिजोलिएका निर्वाचित तानाशाहरुको कारण धरापमा परेको छ ।

हामीले अब व्यवस्था परविर्तनका लागि संघर्ष गर्नुपर्ने छैन । किनकि लोकतान्त्रिक व्यवस्था उन्नत व्यवस्था हो । यहि व्यवस्थामा सबै नागरिकलाई समानता र समृद्धि सम्भव छ । यसैले अब हाम्रो संघर्ष यो व्यवस्था बचाउन र अझ उन्नत बनाउनतर्फ केन्द्रित हुनुपर्छ । हाम्रो राजनीतिक एजेन्डा अब सत्ता र व्यवस्था हैन, आम नागरिरकेको अवस्था परविर्तन गर्ने खालको हुनुपर्छ । लोकतन्त्रमा नागरिक नै सबैभन्दा ठूला शक्ति हुन् भन्ने थाहा हुँदाहुँदै आवाज दबाउन लागपिरेका स्वघोषित वादशाहलाई पाखा लगाउनतर्फ अब युवाहरुबाट मात्र संभव छ ।

आउटडेटेड र भ्रष्ट नेतृत्वबाट देशले निकास पाउन सकेन । युवा राजनीतिमा आउनप¥यो भनेर सर्वत्र आवाज उठिरहेको छ । तर, राजनीतिमा कस्ता युवाको आवश्यकता छ भन्नेतर्फ सोच्न पनि जरुरी छ । हाम्रो देशको राजनीतिमा हुल्लडबाज र बाहुबलिवाला हैन सचेत र सक्षम युवा नेतृत्वको खाँचो छ । युवा राजनीतिमा आउँदैमा देश बनिहाल्ने त होइन । तर, देश बन्नका लागि सचेत युवा राजनीतिमा आउनको विकल्प छैन । हुल्लडबाज र बाहुबलीमा आधारित युवा हुनका लागि उमेर, जोस, बल र ऊर्जा भए पुग्छ होला । तर, सचेत युवा हुनका लागि विचारमा नयाँपन, अध्ययनशील, वैचारिक र तार्किक अनि देशप्रति जिम्मिेवार र कर्तव्यनिष्ठ हुन आवश्यक छ ।

युवाहरु राजनीतिलाई अंग्रेजीमा डर्टी गेम भनेर भन्ने गर्छन् । युवाहरु राज्यबाट पाउने हक, अधिकार लिनखोज्छन् । तर, राज्यप्रति आफूले निभाउने जिम्मेवारीको मनन् भने गर्दैनन् । जब देशका सक्षम युवाहरु नै राजनीतिबारे बहस गर्न खोज्दैनन् अनि देशमा परिवर्तन कसरी आउँछ ? आफ्नो देशको राजनीतिक अवस्था कस्तो छ, राज्यको नेतृत्व कस्तो नेताको हातमा छ र सरकारको नेतृत्व कस्ताले लिएको छ भन्ने ख्याल युवाहरुलाई छैन ।

नेपाल साहसी र जाँगरिला युवाले भरिएको छ । तर, अझै नेतृत्वमा युवा नरहेको देश बनेको छ । युवाकै नाममा दलका राजनैतिक संघर्षहरु सफल भइरहेका हुन्छन् । तर, अवसरबाट भने युवाहरुलाई प्रायः बञ्चित गर्ने गरिएको छ ।

आम मानिसमा मात्र नभएर दलका नेता र सरकारको नेतृत्व गर्ने शासकहरुमा पनि जबसम्म युवाहरुप्रतिको धारणमा आमुल परिवर्तन आउदैन तबसम्म युवाहरु सहभागितामा मात्र सीमित भइरहन्छन् । र केबल प्रयोग मात्र होइरन्छन् । तर, अब युवालाई केवल सहभागिता मात्र हैन, नेतृत्वको पनि आवश्यकता छ । अब बुढाहरुले सल्लाहकार बनेर युवाहरुलाई देश हाँक्ने जिम्मेवारी दिनु उचित हुन्छ । किनभने सचेत, सक्षम र इमान्दार युवाहरुले नै देशलाई आम नागरिकको अपेक्षा पुरा गर्न सक्छन् । आफ्नो कर्तव्य निर्भिकतापूर्वक निभाउन सक्छन् । यसबारे वर्तमान सरकार र उनका सारथी बनेका दलका नेताहरुले पनि सोचुन् । प्रदेश होस् वा संघ सबैतिर निर्माण वा विस्तार हुने सरकारमा युवाहरुले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउन् । नकि पटक–पटक दोहोरिएका पाका र प्रौढ दिक्कलाग्दा अनुहारहरुले ।

सोमबार, ०७ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर