उर्लाबारी । मोरङको उर्लाबारीमा फेरि एक जनामा डेंगु भेटिएको छ । उर्लाबारी–६ का १२ वर्षीय संयोग कार्कीलाई डेंगु रोग फेला परेको हो । आश्रय मेडिकलले डेंगुको लक्षण भएको पुष्टि गर्दै गोदावरी हस्पिटलमा रिफर गरेको छ ।
कार्कीको अहिले गोदावरी हस्पिटलमा उपचार भइरहेको सञ्चालक प्रकाश चौहानले जानकारी दिनुभयो । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सर्ने गरेको छ ।