विराटनगर । विराटनगरका युवाहरु सम्मिलित परिवर्तनका लागि हातेमालो संस्थाले निषेधाज्ञाको समयमा सडक मानवहरूलाई ५० औं दिनसम्म निःशुल्क खाना वितरण गरेको छ ।
समाज परिवर्तन युवाको काँधमा भने मूल नाराका साथ विगत ४ वर्षदेखि सो संस्थाले विभिन्न गतिविधि गर्दै आएको छ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाको समयमा भने सो संस्थाले सडकका भोका मानिसहरुलाई खाना खुवाएको हो ।
आइतबार ५१ औं दिनको अवसर पारेर खाना खुवाउने अभियान समापन गरिएको सो संस्थाका संयोजक विनोद चाहारले बताए ।
हातेमालोल बशिष्ट डेभलपमेन्ट प्रा.लि.सँग सहकार्य गरी खाना वितरण गरेको हो । यस्तै संस्थाले कोसी अञ्चल अस्पतालमा पिसिआर टेस्ट गर्ने ठाउँमा ५ देखि ७ जनाको टोलीलाई विगत ४५ दिनदेखि स्वयंसेवकको रूपमा खटाउँदै आएको छ भने ५ हजार घर धुरीलाई सेनिटाइज गर्ने काम समेत गरेको बशिष्ट डेभलपमेन्टका संचालक विमल भट्टराईले बताए । आज मात्रै कोसी अञ्चल अस्पतालमा २३० जनालाई चिकेन बिर्यानी खुवाइएको थियो ।