पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा एकता महिला समूहले महिलाहरुका लागि ६ महिने निःशुल्क सिलाई कटाइ तालिम सम्पन्न गरेको छ ।
तालिम समापनका अवसरमा कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मासहितले सहभागिलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको सिपले महिला आत्मनिर्भर बन्ने काम थाल्न शुभकामना दिइन् ।
समूह अध्यक्ष उमादेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा ३० जना महिलाको सहभागिता थियो । महिला लक्षिततर्फको वडाको २ लाख रुपैयाँको बजेटमा आधारभूत र एड्भान्स तालिम प्रदान गरिएको हो ।