२५ घरपरिवारलाई राहत वितरण

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ५ स्थित भौसाबारीमा बसोवास गरिरहेका विपन्न २५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

सोही स्थानमा स्थायी बसोबास गरि हाल रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहेका खड्गबहादुर र मनमाया राईका छोरा कुराज राईले सो राहतको व्यवस्थापन गरेका हुन् ।

करिब २० हजार बराबरको खर्चमा वितरण भएको राहत प्याकेजमा १० केजि चामल, १ किलो दाल, १ पोका नुन र १ पोका तेल रहेको छ ।

राहत वितरणमा माओवादी केन्द्र कानेपोखरी संयोजक मनोज राजवंशी, कानेपोखरी युवा समाजका अध्यक्ष विशुराज राई, जुमुस राई, खेमराज राजवंशी, स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो ।

मङ्गलबार, १५ असार, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर