माधव र झलनाथसहित ११ नेता एमालेबाट निकालिए, थप १२ जनालाई स्पष्टीकरण माग

काठमाडौं । नेकपा एमालेको बालुवाटारमा आज बसेको बैठकले पार्टीका शीर्षस्थ नेतासहित ११ जनालाई पार्टीबाटै निष्कासन गरेको छ ।

एमाले ओली समूहको बैठकले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको हो भने अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गरेको हो । एमालेले उनीहरुलाई दुई दिन अगाडि स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।

यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

सोमबार, १० जेठ, २०७८, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर