विराटनगर । पाँचथरका प्रमुख चार राजनीतिक दलका नेताहरुले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदम विरुद्ध पाँचथरका चार दलले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री र संविधान विपरितको प्रस्ताव सदर गर्ने राष्ट्रपतिको निर्णय आपत्तिजनक रहेको भन्दै विरोध गरेका छन् ।
गर्ने प्रधानमन्त्रीको सिफाआपत्ति जनाएका छन् ।
जनता कोरोना महामारीसँग आक्रान्त अवस्थामा जुधिरहेको बेला उनीहरुको जीवन रक्षाका लागि काम गर्नुपर्ने बेलामा जनताको प्रतिनिधिमूलक संस्थालाई पटक पटक हत्या गरेर राजनीतिक अस्थिरता सिर्जना गरेको भन्दै उनीहरुले राष्ट्रपतिको पछिल्लो निर्णयले उनी केवल कठपुतली सावित भएको टिप्पणी गरेका हुन् ।
आइतबार नेपाली काग्रेंसका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष होम जबेगु, जनता समाजवादी पार्टीका अध्यक्ष लक्ष्मण लावती र नेकपा एमालेका प्रदेश कमिटी सदस्य कमल जगेबुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रतिगमनकारी कदमको विरोध गरेका हुन् ।
विज्ञप्तिमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको साँठगाँठबाट असंवैधानिक ढंगले गरेका निर्णयको प्रतिकार र प्रतिरोध गर्न जनसमूदायलाई अपिल पनि गरिएको छ ।