विराटनगर । मोरङ कटहरीमा कम्युनिष्ट मोर्चाद्वारा संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरुद्धमा मसाल जलुस प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका नेता मृत्युन्जय झाको नेतृत्वमा भएको मसाल जुलसमा नेकपा माओवादी केन्द्रलगायतका पार्टीको सहभागीता रहेको थियो । उनीहरुले षडयन्त्रकारी प्रधानमन्त्री र राष्ट्रपति मुर्दावाद, जालझेलको राजनीति बन्द गर, जनतालाई कोभिडविरुद्धको खोपको व्यवस्था गर, महामारीबाट आहत जनतालाई अस्पतालमा बेड, अक्सिजन र औषधिको व्यवस्था गर, असंवैधानिक प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता गर, पटक–पटक संविधानको चिरहरन गर्ने केपि–विद्या मुर्दावादलगायतका नारा लगाएका थिए ।