ओलीसमूहद्वारा झलनाथ र माधवसहित ११ सांसदलाई स्पष्टिकरण (सूची हेर्नुहोस्)

काठमाडौं । विपक्षी गठबन्धनको सरकार बनाउन सहयोग गरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहद्वारा खनाल–नेपाल पक्षका ११ जना सांसदलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

सो समूहको आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको प्रवक्ता प्रदीप ज्ञावालीले बताए ।

को को हुन् कारबाही प्रक्रियामा परेका सांसदहरू ?

१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६. सरला यादव
७. पुष्पाकुमारी कर्ण
८. कलिला खान
९. निरादेवी जैरु
१०. लक्ष्मी कुमारी चौधरी
११. कल्याणी खड्का

शनिबार, ०८ जेठ, २०७८, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर