मुख्यमन्त्री राईले दिए माधव समूहलाई ब्वाँसोको उपमा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्र अन्तरसंघर्ष गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ब्वाँसोको संज्ञा दिएका छन् । राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेको आधिकारिक उमेदवारलाई अन्तरघात गरेर पराजित गरेको भन्दै आक्रोशित बनेका मुख्यमन्त्री राईले पार्टीभित्र ब्वाँसो भएर निस्किएकाहरुले पराजित गरेको टिप्पणी गरेका हुन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै मुख्यमन्त्री राईले विधि, पद्धति, विधानको कुरा उठाएर पार्टीभित्र भाँडभैलो मच्चाउँद आएका ब्वाँसो चरित्र भएकाहरुको मुखुण्डो आजबाट उदांगिएको भन्दै सहकर्मीप्रति तिखो र निम्नकोटीको टिप्पणी गरेका हुन् ।

आजको घटना संसदीय अभ्यास, , दलीय प्रणाली दलीय विधि विधान विरुद्धको नांगो उपहास भएको र यसमा कसैले आँखा चिम्लिन नहुने भन्दै उनीहरुमाथि कारवाहीको माग पनि गरेका छन् ।

उनले अहिले पनि नेकपा एमाले बलियो शक्ति भएको दावी गर्दै निर्वाचनमा बनेको गठबन्धनले त्यसको पुष्टि गरेको उल्लेख गरेका छन् । उनले जनतानै अन्तिम शक्ति भएको भन्दै नेतृत्वलाई मध्यावधि निर्वाचनमा जान घुमाउरो ढंगले सुझाव दिएका छन् ।

बिहिबार, ०६ जेठ, २०७८, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर