महानगरको नयाँ आइसोलेसन आजबाट सञ्चालनमा आउदै

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रतिहरुलाई सुरक्षित रुपमा बस्नका लागि विराटनगर १ स्थित भट्टाचोकमा नयाँ आइसोलेसन सेन्टर थप गरेको छ ।

अस्पतालहरुमा बेड अभाव भइरहेको र संक्रमितहरुलाई आवश्यक पर्ने अक्सिजनसमेत समयमा नपाउने अवस्था देखिएकोले सुरक्षितरुपमा घरमा बस्न सहज नभएका बिरामीलाई राख्न आइसोलेसन तयार गरेको हो । आरआरएनको सभाहल रहेको भवनमा आइसोलेसन स्थापना गरिएको र त्यहाँ संक्रमितहरुलाई तत्काल आवश्यक पर्दा अक्सिजनको प्रवद्यन्ध मिलाइएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

नयाँ आइसोलेसन भवन आज आइतनबारबाट सञ्चालनमा आउने महानगरपालिकाले जानकारी दिएको छ । मानिसको जीवन रक्षा गर्ने उद्देश्यले हरसम्भव प्रयासमा महानगरजुटिरहेको पराजुलीले बताए ।

आइसोलेसनमा रहने बिरामीका लागि चिकित्सकीय सेवा र मनोपरामर्शसमेत उपलब्ध हुने छ । महानगरले कोभिड उपचारमा यस अघि सहयोग लिँदै आएका चिकित्सकहरु मार्फत बिरामीहरुको रेखदेख र उपचारमा सहयोग गर्ने महानगरले जनाएको छ । महानगरपालिकाले संकटको बेला आरआरएनका निर्देशक अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सहयोग गरेको भन्दै आभार समेत व्यक्त गरेको छ ।

आइसोलेशन निर्माणले पूर्णता पाएसँगै शनिबार मेयर पराजुली सहित ,मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत,वडा नं. १ का वडाध्यक्ष उद्दव अर्याल ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की,सामुदायिक शाखा प्रमुख पुनम दाहाल लगायतले अनुगमन गरेका थिए ।

आइतबार, ०२ जेठ, २०७८, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर