महन्थ ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहँदा राजपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री हुने सम्भावना बढेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने विपक्षी गठबन्धनको प्रयास राजपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको असहमतिका कारण असम्भव बनेको छ । जसरी पनि ओली नेतृत्वको सरकार विस्थापनमा लागेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अन्तिम विकल्पको रुपमा ठाकुरलाइृ अगाडि सार्न छलफलमा जुटेको स्रोतको भनाइ छ ।

‘अन्तिममा उनै ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने अवस्था देखिँदैछ,’ माओवादी केन्द्रको पेरिस डाँडामा जारी स्थायी समितिको बैठकमा सहभागि एक नेताले भने, ‘यो गर्दा हाम्रो राजनीति सुरक्षित हुने र कम क्षति हुने भन्नेतिर छलफल मोडिएको छ ।’

अहिले नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा बोलाएको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ भने नेपाली कांग्रेसको पदाधिकारीको बैठक पनि काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा जारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

बिहिबार, ३० बैशाख, २०७८, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर