ओलीले पाए ४ बजेसम्मको समय

विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले माग पुरा गर्न प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह ४ बजेसम्मको समय दिएका छन् ।

खनाल–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म माग पुरा गरे आफुहरुले राजिनामा नगर्ने अन्यथा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने निर्णय भएको उपाध्यक्ष भीम रावलले बताए ।

‘वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाउनुभएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ । त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छौं,’ उनले भने, ‘हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो । हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो ।’

बिहिबार, ३० बैशाख, २०७८, दिउँसोको १२:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर