मास्क उत्पादन गर्दै मजदुर नेता

विराटनगर । पुर्वेली होजियारी विराटनगरमा मास्कको उत्पादन सुरु भएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसको कारण बजारमा जारी मास्कको कालाबजारीलाई निरुत्साहित पार्न स्थानीय स्तरमै मास्कको उत्पादन सुरु भएको हो । समाजवादी ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष तेजलाल कर्णले आफनै फ्याक्ट्रीमा मास्कको उत्पादन सुरु गर्नुभएको हो । पछिल्लो समय ५ रुँपैयामा बिक्रि वितरण हुदै आएको सर्जिकल मास्क हाल लुकीछिपी ३० देखि ३५ रुँपैयामा बिक्रि वितरण भईरहेको छ ।

यस्तो अवस्थामा मास्कको कृत्रिम अभावलाई निरुत्साहित पार्दै वर्तमान बजारभाउ भन्दा सस्तो मुल्यमा सर्वसाधारणलाई मास्क उपलब्ध गराउन उत्पादन सुरु गरिएको मजदुर नेता कर्णले बताउनुभयो । उहाँले पुर्वेली होजियारीले उत्पादन गरेको टु लेयर कपडाको मास्क मात्र २० रुँपैयामा बिक्रि वितरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

हाल विश्वका १ सयभन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार ८ सय ३१ को मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा सङक्रमण देखिएको छ ।

सोमबार, २६ फागुन, २०७६, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर