मन्त्री ढकाललाई निर्वाचन क्षेत्रमै कालो झण्डाले स्वागत

विराटनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाललाई आफ्नै निर्वाचन क्षेत्रका युवाहरुले कालोझण्डा देखाएर स्वागत गरेका छन् । भ्रष्टाचारीलाई निर्वाचन क्षेत्र प्रवेश गर्न दिन्नौं भन्दै युवाहरुले कालोझण्डा देखाएर विरोध जनाएका हुन् ।

कानेपोखरी ६ स्थित रमाइलो बजारमा माओबादी केन्द्रको युवा संगठन वाईसिएल र नेपाली कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताहरु र र नेकपा एमालेकै कार्यकर्ताहरुले मन्त्री ढकाललाई कालो झण्डा देखाएका थिए ।

भ्रष्टचारी मन्त्री मुर्दाबाद, भ्रष्टचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाव खोई लगायतको प्लेकार्ड बोकेका युवाहरुले मन्त्री विरुद्ध नाराबाजी समेत गरेका थिए।
नेकपा एमाले ओली समुह कानेपोखरी गाँउकमिटिका नव गठित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा रमाइलो तर्फ जादै गर्दा युवाहरुले चोकमा विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा मन्त्री ढकालले बाटो परिवर्तन गरेर कार्यक्रमस्थल पुगेका थिए ।

पछिल्लो समय ढकालका बिरुद्ध आफनै निर्वाचन क्षेत्रका मतदाता रुष्ट बनेका छन् । चुनावपछि पटक पटक मन्त्री भएरपनि निर्वाचन क्षेत्र र जनताको पक्षमा काम नगरेको भन्दै स्थानीयहरु उनीसँग रुष्ट छन् ।

 

शुक्रबार, २७ चैत, २०७७, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर