उदयपुर । प्रेम जालमा पारेर उदयपुरकी एक महिलाको ३३ लाख रुपैयाँ ठगी गर्ने एक युवा पक्राउ परेका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका ५ चिप्रिङ बस्ने ३४ वर्षीय मोहन राईलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो ।
विवाहपछि ठूलो व्यावसाय गरेर जीवनयापन गर्ने आश्वसनपछि उदयपुरकी एक महिलाले राईलाई ३३ लाख रुपैयाँ दिएकी थिइन् । रकम लिएपछि उनी फरार भएका थिए ।
महिलाले दिएको उजुरीको आधारमा पक्राउ उनलाई गरिएको उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनुभयो । उनलाई गत फागुन १ गते मोतिगडाबाट पक्राउ गरिएको थियो ।
पीडित महिलाले उनीविरुद्ध गत माघ २९ गते प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । पीडितको जाहेरीमा आफूलाई ललाईफकाई प्रेमजालमा पारेर विभिन्न समयमा ३३ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।
अहिले पक्राउ परेका राईलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।