विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले चैत २ गतेका लागि बोलाइएको बैठक स्थगित गर्न आदेश दिएसँगै सचिवालयले सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित गरेको हो ।
प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरी विषेश कारणले बैठक स्थगित गर्नुपरेको उल्लेख गरेका छन् । यसअघि फागुन २० गतेका लागि बोलाइएको बैठक १९ गते नै सूचना प्रकाशित गर्दै संसद सचिवालयले चैत २ गतेका लागि बैठक बोलाएको थियो ।
निर्धारित गएको २० गते पनि विषेश कारण देखाउदै प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईका विरुद्धमा संसदमा पेश भएको अविश्वासको प्रस्ताव अन्यौलमा परेको छ ।