विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुन नपाई गत माघ २५ गते स्थगित भएको प्रदेश १ प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ ।
गत पुस १२ गते नै नेकपाका ३७ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेकोमा अहिलेसम्म प्रस्ताव टेबल हुन सकेको छैन ।
गत माघ २५ गतेको बैठकमा प्रस्ताव टेबल गर्ने कार्यसुची रहेको थियो । तर, बैठक सुरु हुनसाथ मुख्यमन्त्री पक्षधर सांसदहरुले उभिएर बैठकमा अबरोध गरे । त्यसपछि अप्रत्यासित रुपमा उनीहरुलाई नै सहयोग पुग्नेगरि सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मको लागि स्थगित गर्नुभएको थियो ।
आजको लागि तय गरिएको बैठक पनि अबरुद्ध गर्ने र अविश्वास प्रस्ताब फिर्ता नलिए प्रदेशसभा नै भंग गर्ने धम्की मुख्यमन्त्री शेरधन राई र उनीनिकट नेताहरुले दिँदै आएका छन् ।