नेकपा प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

विराटनगर । प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगमन भन्दै चरणबद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा छ। सोे समूहले गत माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।

काठमाडौंबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो। यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको थियो ।

पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै नेता योगेश भट्टराईले प्रतिनिधि सभा विघटन सच्याउन तेस्रो चरणमा आन्दोलन गर्न लागिएको बताउनु भयो । घोषित कार्यक्रम अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने, फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी फागुन ७ मा सबै वडामा विरोध गर्ने र फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने पनि उहाँले बताउनु भयो ।

आइतबार, ०२ फागुन, २०७७, दिउँसोको ०२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर