इलाम । चालु आर्थिक वर्ष २०७७–७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ ।
निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६–७७ को तुलनामा भन्दा यो वर्ष परिमाण र मूल्य दुबैमा सुधार आएको हो ।
नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालु आबको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेखीय सुधार देखिएको हो । गत वर्षको तुलनामा चालु वर्षमा पनि अलैंचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार बराबरको निकासी भएको थियोे भने यो वर्ष ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार बराबरको निकासी भएको तथ्याङ्कले जनाएको छ ।
गत आवको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैँची निकासी भएकोमा यस आवमा ४७ लाख ७५ हजार ९८३ केजी निर्यात भएको छ । गत वर्ष २५ हजार हाराहारीमा प्रतिमन यो वर्ष ३१ हजार हाराहारी मूल्यसम्ममा किसानले अलैँची बेचेका थिए । व्यवसायीका अनुसार यस वर्ष कोरोनाका कारण किसानले चाँडै अलैँची बेचेकाले पनि मूल्य बढेको हो ।
कोरोनाले कारण किसानले बन्दाबन्दीमा आर्थिक सङ्कट व्यहोरेकाले गतपुससम्ममा नै व्यापारीकहाँ अलैँची पु¥याएका हुन् । व्यवसायी मातृका घिमिरेका अनुसार अलैँचीको वास्तविक भाउ किसानले बुझेकाले पनि निकासी चाँडै गरेका हुन् । कुनै बेला प्रतिमन १ लाख पुगेको अलैँचीको मूल्य वछिल्ला वर्षमा त्यसको आधा पनि पुग्न सकेको छैन ।
यो वर्ष साउन–पुसको समयमा अलैँचीको निकासीमा सुधार भएर नेपालबाट निर्यात हुने तेस्रो प्रमुख वस्तुमा परेको छ । समग्र निकासी बजारको ६ दशमलव २८ प्रतिशत हिस्सा अलैंचीले ओगटेको तथ्याङ्कले देखाउँछ । यस पटक कृषिजन्य अर्काे वस्तु चियालाई उछिन्दै अलंैचीमाथि उक्लिएको हो ।
चियाको अन्तिम सिजनको चिया निकासी अवधि भएकाले पनि निर्यातमा अपेक्षाकृत सुधार देखिएको हो । यस आवको साउनदेखि पुससम्ममा गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव ६ प्रतिशतले आम्दानीमा सुधार भएको छ । गत वर्ष अलैँचीबाट १ अर्ब ६५ करोड, ६९ लाख, ६८ हजार बराबरको आय भएको छ भने यस आवमा २ अर्ब ७७ करोड ५३ लाख ९७ लाख बराबरको आय नेपालमा भित्रिएको देखिन्छ ।
गत वर्षको साउनदेखि पुसमा ६७ लाख २२ हजार १९० किलो चिया निकासी भएको छ । यो वर्ष बढेर ८७ लाख ८५ हजार ७२३ किलो निकासी भएको तथ्याङ्कमा देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष ६७ दशमलव ५० प्रतिशत निकासी मूल्य बढेको देखिन्छ ।
यसपटक अदुवामा सुक्ष्मरूपमा मात्र सुधार देखिएको छ । गत आवको यो अवधिमा २८ करोड ५६ लाख ४ हजारको आम्दानी भित्रिएको अदुवाले यो आवको अहिलेसम्ममा २९ करोड ५१ लाख ५७ लाख बराबरको आम्दानी भित्रिएको देखिन्छ । गत वर्षको साउन देखि पुसमा ४९ लाख ९६ हजार ३५२ केजी अदुवा निकासी भएकोमा यस आर्थिक वर्षको अहिलेसम्ममा ६९ लाख ८५ लाख ८०६ केजी निकासी भएको देखिन्छ ।
गतको वर्षको तुलनामा पनि यस वर्ष समग्र निकासी बढेको देखिन्छ । यसले राष्ट्रको शोधानान्तर घाटा घटेको छ । गत आवको यस अवधिमा आयातको तुलनामा ७ दशमलव ६ प्रतिशतको निकासी भएकामा यो वर्ष ५ दशमलव ९ प्रतिशतको निकासी भएको देखिन्छ ।
यो आव साउनदेखि पुससम्ममा ६० दशमलव ८० विलियनको निकासी भएकोमा ६६१ रुपैयाँ विलियन बराबरको पैठारी भएको छ । हालसम्मको जम्मा व्यापार ७२२ रुपैयाँ विलियन बराबरको आयात–निर्यात भएको छ ।