विराटनगर । शितलहरसँगै अत्याधिक जाडो बढेपछि लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले विदालयका न्यून आय भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
सुनसरीको डुम्राहास्थित श्री शनिश्चरे माध्यामिक विद्यालयमा अध्ययरत साना बालबालिकाहरूलाई जाडोमा न्यानो कपडा वितरण गरेको हो ।
आर्थिक अवस्था नाजुक भएको परिवारका छोराछोरीहरू अध्ययन गर्ने उक्त विद्यालयमा अध्ययरत ५१ जना विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा स्वेटर, टोपी र १६० थान कपडाको मास्क वितरण गरेको लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलले जनाएको छ । कक्षा १, २ र ३ मा अध्ययरत विद्यार्थीहरूलाई न्यायो कपडा वितरण गरेको संस्थाले जनाएको छ ।
जाडोमा न्यायो कपडा पाएपछि विद्यार्थीहरू खुसी भएका थिए । कार्यक्रममा रामधुनी नगरपालिका ९ का वडाध्यक्ष घनश्याम चौधरी, लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, क्लवका कोषाध्यक्ष प्रमोदकुमार साह, एलसिआईएफ कोर्डिनेटर अनिल शर्मा चौधरीको सहभागि रहेको थियो ।