नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई आजको स्थायी समितिको बैठकमा पेश गर्ने तयारी छ । यसअघि हिंजो (शनिबार) बसेको सचिवालय बैठकमा अध्यक्षद्वयको प्रस्ताव स्थायी समितिमा लाने र छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएको थियो । यद्यपि बहुमत सचिवालय सदस्यहरुले स्थायी समिति बैठकमा दुवै प्रस्ताव र अध्यक्षद्वयको पत्रहरुको विषय प्रवेश गराउनु पर्ने बताएपछि छलफल हुने भएको हो ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, विवाद निरुपणका लागि गरिएको निर्णय कर्यान्वयनमा समस्या आएपछि विवाद पुनः सुरु भएको थियो । आजको स्थायी कमिटीको बैठकलाई सबैले चासोका साथ हेरेका छन् । बैठकबाट पार्टीभित्र हाल देखिएको विवाद निरुपण हुने नेकपा समर्थकहरुको विश्वास छ ।

आजको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ ।

आइतबार, २१ मंसिर, २०७७, बिहानको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर