सागर थापा, अध्यक्ष, नेकपा विराटनगर
कोरोना संक्रमण समुदाय तहमा महामारीको रुपमा फैलिएको बेला देशका सम्पूर्ण क्षेत्र स्वभाविक रुपमा प्रभावित भएका छन् । कोरोना महामारीमा राजनीतिक दलहरुको भूमिकाबारे खोजी र आलोचना भइहरेको छ । समस्या आउँदा दलहरु जनताकै वरिपरी रहनुपर्छ भन्ने मान्यता राख्ने गरिन्छ । तर, नेपालका धेरै जसो दल र तिनका कमिटीहरु कोरोना महामारीका बीचमा जनतालाई परेको पीरमर्का बुझ्न गएनन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटगनर महानगर कमिटी भने महामारीबीच सक्रिय देखियो । प्रभावित परिवारको घरसम्म पुगेर हालखबर सोध्ने, सकेको सहयोग गर्ने प्रयत्न काम गरेको महानगर कमिटिका अध्यक्ष सागर थापासँग अहिले जनताले गरेको अपेक्षा, महानगर कमिटिका गतिविधि र आगामी कार्ययोजनाबारे हाम्रोमतले गरेको कुराकानीको सारसंक्षेप:
कोरोना महामारीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर के गर्दैछ ?
– कोभिड–१९ सुरु हुनुअघि महानगर कमिटिको बैठक बसेको थियो । बैठकले एकता प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्ने निर्णय गरेके थियो । निर्णय कार्यान्वयन नभइनसक्दै कोरोनाका कारण लकडाउन भयो । त्यसबीचमा कार्यालय गठन गरियो । त्यसपछि कार्यालय कमिटीमा छलफल गरेर संगठनका केही कामहरु अघि बढाएका छौं । एकता प्रक्रियाको केही काम अझैं बाँकी छ । हामी विभागहरु गठन गर्नेतर्फ छलफल अघि बढाउदैछौं । असोज मसान्तभित्रै पार्टी एकताको बाँकी काम पुरा गरेर संगठन निर्माणको काममा सक्रियताका साथ लाग्छौं ।
पार्टीको गतिविधि लामो समय ठप्प जस्तै छ, हिजोआज पार्टी जनताको बीचमा जानु पर्दैन ?
– पार्टी एकता भइसकेपछि हामी अभियान सञ्चालन गर्ने तयारीमा थियौं । कोभिडले हामीलाई केही अवरोध गरो । हामी सामाजिक अभियानमा भने जुटिरह्यौं । विराटनगरका सबै घरधुरीमा पुगेर जनचेतना अभियान सञ्चालन ग¥यौं । हामीले कोरोना संक्रमणबाट बच्ने उपायहरु उल्लेख भएको ५० हजार ह्याण्डबिल प्रकाशित गरेर संगठन परिचालन गरी टोलटोल र घरघरमा मास्कसहित पार्टीलाई पु¥याउने काम ग¥यौं । मानिसहरुको भिड गुद्रीलगायतका ठाउँहरुमा ह्याण्डबिल र मास्क वितरण गरेर सचेतना अभियान चलायौं । साउनदेखि हामीले संक्रमितहरुको घरमा निर्मलीकरण गर्ने काम गर्यों । त्यसले समाजले स्वीकार नगर्ने र छिमेकीहरु पनि सहयोगका लागि घरमा आउजाउ नगर्ने अवस्थालाई हटाएर सहयोगको भावना जागृत गराउने काम ग¥यौं । समाजले पछिल्लो समय कोरोना संक्रमितहरुलाई हेयको दृष्टिले हेर्ने अवस्था सिर्जना भएको थियो । तर, त्यसलाई हामीले चिरेका छौं । हामीले कतिपय ठाउँमा निको भएकाहरुलाई खादा लगाएर सम्मान गरेर नयाँ सन्देश दिने प्रयत्न गरेका छौं । हाम्रा शाखा (वडा) कमिटिहरु संक्रमितहरुलाई सहयोग गर्ने र घरहरु निर्मलीकरण गर्ने अभियानमा परिचालित भए । अहिले हामीले कोरोना संक्रमितलाई जडिबुटी मिश्रित (अमृत चिया), प्रोटिनयुक्त गेडागुडी र च्यावनप्राससहितको प्याकिङ उपहारस्वरुप उपलव्ध गराइरहेका छौं । विराटनगरका ७ सय घर परिवारबीचमा पुगेर यो सहयोग उपलव्ध गराएका छौं । केही वडाहरुमा अभियान चलिरहेको छ । यस कार्यमा हामीले पार्टीभित्रका सहयोगीले मद्दत गर्नुभएको छ । असोज पहिलो साता हामी यो अभियान सम्पन्न गर्दैछौं । त्यसपछि हामी राजनीतिक र सांगठानिक अभिभारा पुरा गर्नेतर्फ केन्द्रीत हुन्छौं । हामी संगठन निर्माण र पार्टी एकताको बाँकी काम सम्पन्न गर्नेतर्फ आक्रमक ढंगले अघि बढ्छौं ।
कोरोना महामारीबीच जनताको बीचमा पुग्दा कस्तो प्रतिक्रिया कस्तो पाउनुभयो ?
– हामी सामाजिक काममार्फत जनताबीचमा पुग्नुपर्ने थियो र पुग्यौं । राजनीति भनेकै सामाजिक काम हो । हामी जतिबेला जनताका बीचमा गएका थियौं त्यतिबेला संक्रमितहरु खुल्न सक्ने अवस्था थिएन । समाजले छिमेकीलाई सहयोग नगर्ने खालको अवस्था थियो । जब हामी पुग्यौं संक्रमित खुल्ने र समाजको सहयोग पाउने अवस्था बन्यो । कोरोना भाइरस संक्रमण भएपछि विभेद गर्न हुँदैन रहेछ भन्ने सचेतना कायम गर्न हाम्रो अभियान सफल भयो । राजनीतिक पार्टी र कार्यकर्ता भोट माग्न मात्र जनताको बीचमा आउँछन् भन्ने मान्यता राख्नेहरु यो अभियानपछि हैन, जनतालाई समस्या पर्दा पनि पार्टी र कार्यकर्ताहरु सहयोगका लागि आउँदा रहेछन् भन्ने मान्यता स्थापित गर्न हामी सफल भएका छौं । विराटनगरका वार्डहरुमा जनताहरुले हामीप्रति निकै भरोसा नै गरेको पायौं । घरबाट बाहिर निस्कन नसकिरेको वल्लोघर पल्लोघर आउजाउ बन्द भएको बेला सिंगो पार्टी नै सहयोगका लागि पुगेपछि उहाँहरु साँच्चै खुसी हुनुभयो ।
पार्टीको महाधिवेशन घोषाणा भएको छ, आन्तरिक र संगठनात्मक काम कसरी अगाडि बढ्दैछ ?
– महानगरमा दुवै पार्टीका गरी ५ हजार ५०० सदस्य छन् । त्यसमा मजदुर र कर्मचारीको समावेश भएका छैनन् । ती सबै मिलाउँदा सदस्य ६ हजार वरिपरि हुन्छ । हामीले पार्टी सदस्यता नविकरणको प्रक्रिया सुरु गर्ने तयारी गरेका छौं । असोज मसान्तभित्र पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय भएकोमा लकडाउनले केही प्रभाव परेको छ । सदस्यता नविकरण शुल्क एकमुष्ट एक हजार तोकिएको छ । तर, विपन्नलाई ५ सय मात्र तोकिएको छ । महानगरका ५ वटा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले शपथग्रहण गर्न बाँकी छ । असोज पहिलो साता त्यो काम सम्पन्न गर्नेगरी हामीले छलफल अघि बढाएका छौं । अब हामी एकताको बाँकी काम सम्पन्न गर्दै अगाडि बढ्छौं । महाधिवेशनको तयारीसँगै संगठन र बिचारको विषय पेचिलो बन्न सक्छ । पार्टी एकता आम कार्यकर्ता र जनसमुदायको चाहना अनुसार दुई मुख्य अध्यक्षहरुको सहमति र प्रयत्नमा सम्पन्न भएको हो । महाधिवेशनको पूर्वसन्ध्यामा जनताको जनवाद भन्दा बाहिर गएर जनताको बहुदलीय जनवाद वा एक्कइसौं शताव्दीको जनवादको विषय बहसमा आउनसक्छ । यो विषयमा पनि उच्च नेतृत्वले वा दुई अध्यक्षहरुले सहमति कायम गरेको खण्डमा तलसम्म पार्टी बैचारिक विभाजनको अवस्थामा पुग्दैन भन्ने लागेको छ । यसतर्फ नेताहरुले ध्यान दिनुभयो भने कार्यकर्ताहरुमा उत्साह आउनेछ ।
विराटनगर महानगर पालिकामा नेकपा प्रतिपक्ष हो, महानगरको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– सरसर्ती हेर्दाखेरी महानगरपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो वर्ष हामीले सामान्य रुपमा लियौं । एक वर्ष उहाँहरु कसरी अघि बढ्नुहुन्छ भनेर हे¥यौं । पहिलो वर्षको अन्त्यतिर महानगरले अनावश्यक कर बढाउने निर्णय गरेवपछि तात्कालिन नेकपा एमाले र माओवादीको तर्फबाट हामीले संयुक्तरुपमा गएर कर बढाउने निर्णयको विरोध ग¥यौं । महानगरलाई करेक्सन गर्न हामी सफल भयौं । पहिलो वर्ष महानगरले धेरै कामहरु कोटेसनबाट गरेको थियो । हामीले त्यसको विरोध ग¥यौं । दोश्रो वर्ष त्यो प्रवृत्तिमा केही सुधार भएको हामीले पायौं । तर, तेश्रो वर्षमा फेरि त्यो प्रवृत्ति दोहोरिएको छ । महानगरपालिकाले बजेट निर्माण गर्दा जनताको अपेक्षालाई ध्यान दिएको हामीले पाएका छैनौं । महानगरमा युवा नेतृत्व आएपछि जुन परिवर्तनको अपेक्षा जनताले गरेका थिए, त्यस अनुसार अहिलेका मेयरले काम गर्नुभएन । जनता निराश छन् । विराटनगरसँग दीर्घकालिन दृष्टिकोण केही छैन । अहिले पनि खुद्रे योजनामा लगानी गरेर उहाँ बस्नुभएको छ । समग्र विराटनगरलाई बनाउने दीर्घकालिन सोच र लक्ष्य छैन । पुरानै एडिबीको प्रोजेक्टलाई भजाएर रमाउने उहाँले त्यसलाई नै आफ्नो काम भन्दै भ्रम छर्ने प्रयत्नमा हुनुहुन्छ । त्यो भ्रममा विराटनगरका सचेत नागरिक छैनन् भन्ने नबुझ्नु उहाँको मुर्खता हो । विराटनगमा अहिले सम्पन्न भएका बाटाहरु दातृ निकायको सहयोग र नेपाल सरकारको लगानीमा बनेका हुन् । महानगरका मेयरले त्यसको श्रेय आफूले लिने प्रयास गरेको देखिन्छ । नेपाल सरकारले बनाएको र प्रोजेक्टमार्फत सञ्चालित योजना बाहेक वर्तमान मेयर भीम पराजुलीले गरेको कुनै उदाहरणीय काम महानगरमा छैन । उहाँ टुक्रे योजनामा मात्र केन्द्रीत हुनुभएको छ । खुद्रे र टुक्रे योजनाले विराटनगर बन्दैन । विराटनगर प्रदेशको राजधानी हो । यसलाई विकसित र समुन्नत बनाउन वृहद् दृष्टिकोणको जरुरी हुन्छ । विज्ञहरुको टिमसँग मिलेर उनीहरुको सहयोगमा अघि बढ्दा मात्र हामी ठिक ठाउँमा पुग्नसक्छौं । हिजो युवा नेतृत्व महानगरमा आउँदा सहरका चियापसलहरुमा वर्तमान मेयरको चर्चा चुलिएको थियो । चिया पसलहरुमा उहाँको बारेमा जे किंवदन्तिहहरु सुनिन्थे आज ती ठाउँहरु जनअपेक्षा अनुरुप काम नगरेको भनेर उहाँकै आलोचना गर्ने केन्द्र बनिरहेका छन् । प्रदेशको व्यवस्थित राजधानी सहरलाई हेर्दा बाहिरबाट आएका नागरिकले मेयरको आलोचना गरेर फर्कने अवस्था छ । राजधानीको संरचना बनाउन ५० बिघा जग्गा दिने उहाँको घोषणा कागजमा सीमित भएको छ । गफ गर्ने तर काम नगर्ने उहाँको परिचय बन्दै गएको छ ।
के–के विषयमा महानगरको कमजोरी देख्नुभएको छ ?
– व्यापक जनसहभागिताका आधारमा बजेट तर्जुमा गर्ने परिपाटी महानगरले भंग गरेको छ । वडाध्यक्षहरुले आफुखुसी योजना लैजाने गरेका छन् । कतिपय वडामा टोल संगठनसँग योजना माग गर्ने गरिएको छ । तर। त्यतिले सबैको सहभागिता सुनिश्चित हुन सक्दैन ।
महानगर चालु वर्षमा करोडौंको दायित्वबाट थिचिएको छ । पुरा गर्नै नसक्नेगरी आन्तरिक आम्दानीको अनुमान गर्दा र स्रोत सुनिश्चित नभई हचुवाका भरमा योजनाहरु सम्झौता गर्दा महानगर ८५ करोड रुपैयाँ दायित्व बोक्नु पर्ने अवस्थामा पुगेको छ । उपभोक्ताले ५२ करोडभन्दा बढी लगानी गरेर सम्पन्न गरेका योजनाहरुको भुक्तानी अहिलेसम्म महानगरले गर्नसकेको छैन । यो धेरै नै लाजमर्दो र गैह्रजिम्मेवार कार्य हो । ठूलो दायित्वको भारीले गर्दा यो वर्ष महानगरले गर्ने विकास योजनाहरु नराम्ररी प्रभावित हुने मैले देखेको छु । असारमा पास गरेको बजेट अनुसारको कस्तो कार्यक्रम आयो भनेर असोज लागिसक्दा पनि जनताले थाहा पाउन नसक्नुले महानगरको योग्यता र क्षमतामाथि प्रश्न उठेको छ । मर्मत शिर्षकमा २० औं करोड बजेट राखेर मनखुसी खर्च गर्ने प्रवृत्तिले गर्दा बजेट कितावमा उल्लेख भएका योजनामा महानगरले भुक्तानी गर्न सकेन । जुन अत्यन्त लाजमर्दो र गैह्रजिम्मेवार कार्य पनि हो । महानगरपालिकाले यस अवधिमा सय जनाभन्दा बढी प्राविधिक कर्मचारीहरुको नियुक्ति गरेको छ । स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरेर स्रोतको व्यापक दुरुपयोग गरेको हामीले पाएका छौं । यस किसिमको दुरुपयोग महानगरले तत्काल रोक्नुपर्छ । अहिले पनि महानगरका धेरै बाटाहरु हिलाम्य छन् । ती बाटाहरु कहिल्यै पनि प्राथमिकतामा पर्न सकेनन् । बरु बर्तमान नेतृत्वले कार्यकालको सुरुवातिमै खाल्डाखुल्डी पुर्ने र बिजुलीका बल्ब खरिद गर्ने आदि नाममा खर्च गरेको करोडौं रकमको सही सदुपयोग भएन । पारदर्शी प्रशासन सञ्चालन हुन सकेन ।
महानगरको यतिधेरै कमजोरीहरु औंल्याउनु भयो । तर, तपाईहरुले पनि खवरदारी गरेको त सुनिएको छैन नि ?
– प्रतिपक्ष भन्ने बित्तिकै नाराबाजी गर्ने, तोडफोड गर्ने जस्ता काम गर्नुपर्छ भन्ने होइन । हामी राजनीतिका समकक्षी पनि हौं । राजनीतिक बिचारमा फरक ठाउँमा भएपनि विकासमा एक भएर जानुपर्छ भन्ने हामी ठान्दथ्यौं । कुनै जिम्मेवारीमा पुग्दा विकासलाई केन्द्रमा राखेर आपसी सहयोग गर्नुपर्छ भनेर क्याम्पसदेखि नै अभ्यास ग¥यौं । त्यसैले प्रतिपक्ष भएकै कारण हरेक कुरामा अवरोध गर्नु ठिक हुँदैनथ्यो । राम्रो कामलाई विपक्षी भएकै कारण नराम्रो भन्न पनि हुँदैन । नराम्रो काममा हामीले सदैव खवरदारी गरेका छौं । कतिपय खवरदारी सडकमा हुन्छन्, कतिपय छलफलमा हुन्छन् । अबपनि यस्तै पारा रहिरह्यो भने सडकमा जनताले देख्नेगरी र अनुभूति हुनेगरि खवरदारी गर्छौं ।
विकास योजनामा महानगरले दलहरुसँग गर्ने समन्वयको अवस्था के छ ?
– औपचारिक रुपमा महानगरपालिकाले हामीसँग विकास योजनाका बारेमा कहिल्यै पनि सुझाव मागेको छैन । महानगरले बजेट तयारीका क्रममा नीतिगत सुझाव माग्ने गरेको छ । तर, त्यसलाई कहिल्यै पनि सुनिएको छैन । योजनाहरुको विषयमा त कुनै परामर्श गर्ने प्रचलन नै छैन । हामीले महानगरको काम तीन वर्ष हेरिसकेका छौं । अहिलेसम्मको हाम्रो समीक्षा के हो भने महानगरले जनअपेक्षा अनुसार काम गर्न सकेन । महानगर जिम्मेवार र जनउत्तरदायी पनि भएन । यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । अब हामी महानगरको गतिविधि चुपचाप हेरेर बस्ने पक्षमा छैनौं । सशक्त खवरदारी गर्छौं । महानगर भनेको केवल मेयर मात्र पनि होइन, त्यहाँ कार्यकारी बोर्ड छ । बोर्डमा नेकपाको पनि प्रतिनिधित्व छ । बोर्डमा प्रतिनिधित्व गर्नुहुने हाम्रा साथीहरुलाई अझ सक्रिय र जिम्मेवार बनाउने काम हामी गर्छौं ।