ज्ञानबहादुर बस्नेत
कोरोनाको बढ्दो संक्रमण अनि जटिलता पनि बढ्दो । कोशी कोभिड अस्पतालको क्षमता सिमित अनि त्यसैले अस्पतालको व्यवस्थापनको जिम्मेवारीमा रहेको मलाई पछिल्लो समयमा तनाव बढेको थियो । मोरङ्ग स्वास्थ्य कार्यालय, आईसोलेसन अस्पताल अनि काेभिडले थपिएका जिम्मेवारी अनि दौडधुप, कोभिड १९ को संक्रमणबाट आफैलाई बचाउन सकिन । कार्यालयकै स्वास्थ्यकर्मीमा कोभिड संक्रमणदेखिए पछि प्रोटोकल अनुसार म लगायत कार्यालयका कर्मचारीहरुको पिसिआर परिक्षण गर्दा आफू संक्रमित रहेको पुष्टि भयो । आफूले संक्रमितहरुलाई नजिकबाट हेरेकोले भयभित भईन् तर समाजिक भेदभाव अनि समाजमा रहेको यसको त्राशका कारण सार्वजानिक गर्ने कि नगर्ने ? द्वविधामा परे । तर म जिम्मेवार भएर समाजिक वितृष्णा र रोगसंग लड्नु पर्छ भन्ने सोचाईले आफू कोभिडको संक्रमित भएको घोषणा गरे । संक्रमित भएर होम आईसोलेसनमा बसे तर जिम्मेवारीबाट पन्छिन सकिन, सञ्चार माध्यमको प्रयोगले व्यवस्थापकीय जिम्मेवारीमा सर्मपित रहिरहे ।
कोरोना संक्रमणका शंकास्पद ६ दिनको क्वारेन्टिन र संक्रमणका १३ दिन होम आईसोलेसन र थप ७ दिन गरि २६ दिनको निरन्तर घर बसाई मेरो लागि जागिरे जीवनकै सबैभन्दा लामो र अनुद्पादक बसाई हुने भयो । जागिरको ३१ वर्षको अनुभवमा विदा लिदा होस या काजमा खटिएको वेला होस कार्यालयमा एकदिन पनि ढिलो गरेको शायदै होला । अहिले यसरी जिम्मेवारिमा रहेर कोरोनाको कहरको वेला कामकाजी जागिरेको यति लामो समय गुजार्नु कति प्रतिपादक होला ? तर यो मेरो रहर नभई बाध्यता हो । जनताको सेवा हामी कर्मचारीको पहिलो कर्तव्य हो । अझ कोरोनाको यस विश्व महामारी र मैले पाएको जिम्मेवारीका कारण अनि आफु जनस्वास्थ्य विज्ञ भएकाले राष्ट्र र जनस्वास्थ्यप्रति मेरो दायित्व महत्वपूर्ण रहेको महशुष गरेको छु ।
यो महामारीमा टीमको नेतृत्व गर्ने एकजना सक्रिय र जिम्मेवार सदस्य नहुँदा परेको समस्या, खड्किएको अभावको कुरा सुन्नु पर्दा म कसरी चुपचाप रहनु ? मनमा पीडा अनि दिमागमा बोझ बढ्ने नै भयो । त्यसैले आफ्नो बसाईलाई उपयोगी वनाउने तर्फ लागियो । त्यसैले आफु स्वेम कोरोनासङ्ग भिड्दै होम आईसोलेसनबाट नै भर्चुवल माध्यमको सदुपयोग गर्दै कोभिड अस्पतालमा गर्नु पर्ने कामको सरसल्लाह, स्वाव सन्कलनमा समन्वय, एम्बुलेन्स तथा शबवाहनको व्यवस्थापन, कार्यालयको काम आदि सञ्चालनमा आफूलाई व्यस्त राखे ।
घरपरिवार, नातेदार, साथिभाई, शुभचिन्तकहरुले देखाएको सद्भाव, शुभेच्छा र कामनाले मलाई धेरै सहज बनायो । कोरोना संक्रमण भए पश्चात् हुने सक्ने असर, रोकथाम र नियन्त्रणको विषयमा कौतुहलताका साथ विभिन्न माध्ययमवाट कुरा सोध्ने गरिन्थ्यो । आफू नै संत्रलमित भए पछि मनमा बढी कौतहुल हुनु, धेरै कुरा खेल्नु अनि यसबारे तर्कहरु आउनु स्वभाविक थियो सायद । जिम्मेवार र उच्च मनोवलका साथ खट्ने मान्छे नै संक्रमित हुँदा सम्बन्धीत निकाय तथा अन्य जनस्वास्थ्य एवं स्वाथ्यकर्मीहरुलाई पनि बढी चासो हुँदो हो । मेरो अवस्थाका बारेमा सोधखोज हुन्थ्यो । म पनि आफ्नो कर्तव्य सम्झि सवालको जवाफ दिन्थे र प्रतिउत्तरमा ‘न आतिनु होला, हामी छौं ।’ आश्वासन पाउने गरेको थिए ।
सकुशल हुँदा त आ–आफ्नै तनाहा, जिम्मेवारी, जिविकोपार्जनमा समय कटाउनु पर्ने तर परेको वेला हाम्रो नेपाली संस्कार रमाईलो छ । सान्त्वना दिने, सन्चो विसन्चो सोध्ने र सहयोगको वचन मात्र होईन, सहयोग पनि पाए मैले । खुशी लाग्थ्यो मन्त्रीज्यूदेखि सर्वसाधारण, स्वदेशमा हुने देखि विदेशमा रहेका शुभचिन्तकहरुले पनि मेरो स्वास्थ्यको चासो राख्नु हुन्थ्यो । यी मेरो लागि आत्मावलको ठूलो उर्जा बन्थ्यो, लाग्थ्यो जिन्दगीको ३१ वर्षको सेवामा मनमुटुहरु कमाएकै रहेछु । यद्यपि यो संक्रमणलाई मैले सामान्य सम्झि रहे । कोरोना समुदायमा फैलिएको अवस्थामा पछिल्लो समयमा देखिएको संक्रमणमा नगन्य लक्ष्यण जस्तै हल्का जरो, खानामा अरुचि, जिउ दुख्ने, सामान्य पखाला जुन व्यक्ति पिच्छे फरक पाइएको छ, मैले पनि अनुभव गरे ।
मेरो दैनिकीः
१. सधै झैं विहानै फोनको घन्टी बज्ने गर्छ, म्यासेज, सामाजिक संजालमा व्यवस्थापनका विभिन्न कुरा उठ्छन त्यस्को रेस्पोन्स गर्ने ।
२. जिम्मेवारी लिएको कामको लागि सरसल्लाह गरियो ।
३. एम्वुलेन्स, शब वहानको व्यवस्थापनमा सहयोग ।
४. स्थानीय तहसङ्ग विविध छलफल, संक्रमित भर्ना, स्वाब संकलन तथा परीक्षणको समन्वय ।
५. कोभिड अस्पताल विराटनगर र गोठगाउँ आईसोलेसनमा आएका समस्याको समाधानमा निरन्तर समन्वय ।
६. कोरोना व्यवस्थापनको जिम्मा लिएकै व्यक्ति संक्रमण हुँदा उसैको अनुभव सुन्नलाई आतुर साथिहरुसङ्गको सम्पर्कको ओईरो लाग्थ्यो र भलाकुसारी (कसरी भयो, कस्तो छ, लक्षण के–के आयो, औषधिको प्रयोग जस्ता कुरा) गर्थें जसबाट मेरो समय वितेको थाहा हुँदैन थियो, लाग्छ कि म संक्रमण हुनु पनि ठिकै भएछ मैले वाडेको अनुभवले अरुलाई वच्न सजिलो होस्।
कोरोनासङ्ग सतर्क हौ नआतिऔः (मेरो अनुभव र मैले अनुसरण गरेको समेत)
१. ‘उच्च मनोबल, कोरोनाको हल’यो मन्त्रलाई आत्मासाथ गरे मैले र गरौं भन्छु ।
२. एकोहोरो र एक्लोपन नहुने खालका कृयाकलाप गरी आफुलाई व्यस्त वनाउने ।
३. कोरोनासङ्ग उच्च सतर्क भै कत्ती पनि नडराई मसङ्ग लड्न सक्ने क्षमता छ भनी ढुक्क रहने ।
४. म संक्रमीत हुँ विरामी हैन भन्ने सोचाई बनाउने ।
५. कममा नि दिनको ४ पटक सन्तुलित खाना खाने (दाल भात, रोटी, हरियो सागपात, फलफूल, माछामासु आदि मिलाएर)
६. भोजनको अलावा तातोपानी, कागती पानी, अदुवा, वेसार, गुर्जो, अमला, अस्वोगन्धा लगायतका जडिबुटी र घरायसी औषधिको सेवन।
७. तातोपानीको वाफ र नुनपानी कुल्ला गर्ने ।
८. मज्जाले निदाउने (कममा पनि ८ घन्टा)।
९. हलका शारीरिक व्यायाम (यस्मा मेरो चाहिँ नाच्ने, गुनगुनाउने विधा पर्यो), योगा तथा मनोरञ्जनका खेल खेल्ने ताकी मन प्रफुल्ल भई मनोवल वढी रोग प्रतिरोधात्मक शक्ति ह्वात्तै वढ्ने रहेछ । यद्यपि म आफुलाई उच्च मनोवल राख्ने र भरपुर ईच्छा शक्ति भएकोरुपमा लिन्छु र अरुबाट नि त्यही कुरा सुन्ने गर्छु ।
१० आफूलाई पूर्णरुपमा व्यस्त बनाएर कोरोनालाई दिमागमा कतै नराखेको ।
११. भिटामनि बि, जिङ्क चक्कि, भिटामिन सि। जविनजल, सिटामोल तथा प्रोटिन लगायत अन्य पोषक तत्वहरुको सेवन गरियो ।
अन्त्यमा, मेरो सुस्वास्थ्यको कामना गर्ने, उच्च मनोवलको लागि निरन्तर सुभेक्षा प्रकट गर्ने सबैलाई विशेष धन्यवाद । केही दिनभित्रै उच्च सतर्कता र पूर्ण सक्रियताका साथ आफ्नो काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सचेत र सतर्क रही कोभिड १९ को विरुद्ध लड्नसमेत सम्पूर्ण महानुभावहरुमा हार्दिक अपिल गर्दछु ।
(लेखकः बस्नेत मोरङ स्वास्थ्य कार्यालय प्रमुख तथा कोशी कोभिड अस्पतालका व्यवस्थापकीय प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ)
बधाई छ यहाँलाई अनि हामी शुभचिन्तक हरु लगायत सम्पुर्ण देश बासिहरुलाइ ! यहाँ जस्तो अत्यन्तै मेहनति र आफ्नो काम मा एकदमै सक्रिय योद्धा कोभिड १९ लाई जितेर छिटोभन्दा छिटो पुनः आफ्नो जिम्मेवारी लाई अगाल्नु भयेको देखेर अत्यन्तै खुशी लागेको छ । यसरी आफ्ना अनुभव र भोगाइ हरु लाई पस्केर समाज मा हौसला प्रदान गरि दिनुभएको मा अन्तर मनदेखि नै यहालाइ धन्यवाद टक्राउन चाहन्छु ।🙏👏
जाहा ईक्षा,त्याहा उपाई।
खाने मुख लाई जुँगाले छेकदैनन भनेको यहि हो।
संक्रमीत अवस्थामा पनि आफ्नो जिम्मेवारी लाई निरंतरता दिनु भएकोमा पुन बधाई तथा शुभकामना छ सर लाई।
अरुको लागी पाठ सिक्नु हो।