रोटरीद्धारा ५ हजार मास्क हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरका स्थानीय निकाय, प्रशासन र अस्पताललाई ५ हजार मास्क हस्तान्तरण गरेको छ ।

क्लबले आईतबार विराटनगर महानगरपालिकालाई २ हजार, जिल्ला प्रशासन कार्यालय मोरङलाई १ हजार ५ सय र कोशी अस्पताललाई १ हजार मास्क हस्तान्तरण गरेको हो । कोरोना महामारी विरुद्धको लडाईका अग्रपङक्तिका योद्धाहरुलाई सहजीकरण गर्ने उद्देश्यले मास्क हस्तान्तरण गरिएको हो । समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगिन मास्क पनि अनिवार्य मानिने भएकाले मास्क हस्तान्तरण क्लबकी सचिव रोटेरियन गिरिजा सारडाले जानकारी दिनुभयो ।

क्लबले भने विराटनगरका सुरक्षा निकाय र स्वास्थ्य संस्थाहरुमा १० हजार मास्क वितरण गर्ने योजना बनाएको छ ।

सोमबार, ०८ भदौ, २०७७, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर