माओ दिवसमा मञ्च सेयर गर्दै विप्लव र जनार्दन

विराटनगर । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार दिउँसो साढे १ बजे अन्तरक्रिया कार्यक्रम राखिएको केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए ।

समाजवादी चीन स्थापनामा माओले खेलेको भूमिका नेपालको सन्दर्भमा पनि महत्त्वपूर्ण भएकोले जन्म जयन्तीको अवसरमा कार्यक्रम राखिएको शर्माले बताए ।

उनका अनुसार कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लवु र नेकपा माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले ‘माओ दिवस र वर्तमान राजनीति’ विषयमा धारणा राख्नेछन् ।

‘नेपालमा समाजवाद स्थापना, वाम ध्रुवीकरण, पछिल्लो राजनीतिक अवस्थाको सन्दर्भमा यो कार्यक्रम रणनीतिक महत्वको छ ।

चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीले दिवस मनाउने गरेका छन । माओको जन्म २६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तको साओसानमा भएको थियो।

बिहिबार, ११ पुष, २०८१, बिहानको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर