अनियमितता विरुद्ध बुढीगंगाका नागरिक संगठित

विराटनगर । सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै सरकारले गरेका गलत कामहरुमा खबरदारी गर्न मोरङको बुढीगंगा गाउँपालिकामा नागरिक समाज गठन भएको छ ।

सोमबार भएको स्थानीय अगुवाहरुको सर्वपक्षीय भेलाले श्रीमति राधा आचार्यको नेतृत्वमा बुढीगंगा गाउँपालिका नागरिक समाज गठन गरेको हो ।

सामाजिक क्षेत्रमा सचेतनामुलक काम गर्ने उद्देश्यसहित गठन भएको समाजले गाउँपालिकामार्फत भएका विकास गतिबिधि र कामकारबाहीको अनुगमन तथा खबरदारीसमेत गर्ने जनाएको छ । गाउँपालिकामा पटक–पटक आर्थिक अनियमितताको विषय उठ्दै आएको र कोरोनाको कहरमा पनि गलत काम भएको सार्वजनिक भइरहेकोमा त्यसको खोजी र खबरदारी गर्नेगरी समाज सक्रिय हुने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

आचार्यको संयोजकत्वमा गठन भएको ३१ सदस्यीय समितिको सह–संयोजकहरुमा किरणकुमार चौधरी, मोहम्मद हस्मुदिन रहनुभएको छ भने सचिबमा मीनकुमार नेपाल, सहसचिवमा सुनिता कार्कीसहित सदस्यहरुमा दर्शनराज न्यौपाने, प्रशान्त शर्मा पौडेल, श्रवण रायमाझीलगाय रहेका छन् । समाजले राजनीतिक बिचार र आस्थाभन्दा माथि उठेर गाउँपालिका र स्थानीय नागरिकको हितमा काम गर्ने सहसचिब कार्कीले जानकारी दिनुभयो ।

सोमबार, ०८ भदौ, २०७७, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर