सुनसरीमा ३५ कोरोना संक्रमित थपिए

धरान । सुनसरीमा बुधबार विहान आएको पिसिआर परीक्षणको रिपोर्टमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

थप भएका कोरोना संक्रमितहरुमा हरीनगरका १३ जना पुरुष छन् । यस्तै इटहरी उपमहानगरपालिकाका ४ पुरुष, दुहबीका ३ महिला र ८ पुरुष, रामधुनीका २ पुरुष र बर्जुका १ महिला र ४ पुरुष छन् । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार राति गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ आएको हो ।

इटहरीमा २ थुनुवा र एक प्रहरीसहित चार जनामा कोरोना देखिएको हो । योसँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७२ पुगेको छ । आज संक्रमित पुष्टि भएका अधिकांश समुदाय स्तरकै व्यक्तिहरू रहेको बताइएको छ ।

उता हरिनगर गाउँपालिका ५ वसन्तपुरका १३ जनामा कोरोना संक्रमण देखिएपछि वडा शिल गरिएको छ । आइतबार संकलन गरिएको ५० जनाको स्वाब परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले वसन्तपुरलाई शिल गरिएको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।

बुधबार, ०३ भदौ, २०७७, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर