हेमन्त खनाल (माईक्रोबायोलोजिस्ट)
कुनै पनि रोगको निदानका लागि सर्वप्रथम मानिसमा भाइरस कति समयसम्म रहनसक्छ, मानिसभन्दा बाहिर कतिसमयसम्म रहन सक्छ, कस्ता–कस्ता वस्तुमा रहन सक्छ भन्ने कुराले निर्धारण गर्छ । एकाध बाहेक विश्वमा हालसम्म धेरै महामारी फैल्याउने भनेको भाइरसबाटै हो । १२ वर्ष अगाडिको मात्रै कुरा हो नेपालको जाजरकोटमा हैजा फैलिएको थियो । हैजा रोगजस्ता केही रोगहरु ब्याक्टेरियाबाट सरेको थियो । त्यो भनेको ब्याक्टेरिया हो । ब्याक्टेरियालाई एन्टिबायोटिकले मार्न सकिन्छ । तर भाईरसलाई एन्टिबायोटिकले मार्न सकिदैन । भाइरसको बायोलोजि हेर्ने हो भने खासमा यो निर्जिव वस्तु हो । जब, यो सजिव वस्तुको कोषमा जान्छ यसले कोषको सिस्टमलाई प्रयोग गरेर आफू सजिव बन्छ । यसलाई परास्त गर्न इम्युनिटी पावर बढाउनु पर्छ वा एन्टी भाईरल ड्रग दिएर निको पार्नु पर्छ । अर्को उपाय भनेको भाईरसको ट्रान्समिसन ब्रेक गर्नुपर्ने हुन्छ । ट्रान्समिसन ब्रेक गर्ने हो भने २१ देखि ३० दिनभित्रमा कि त भाइरस भएको मानिस को मृत्यु हुन्छ, कि त भाइरसलाई मनिसले परास्त गर्छ, यी दुईवटामध्ये एउटा हुन्छ । भाइरस मरेर गयो भने पुनः उक्त मानिसमा त्यो भाइरसले फेरी संक्रमण गर्न सक्दैन, सरे पनि कोरोनाको केसमा असर गर्न सक्दैन । अन्य कतिपय भाइरसहरु रुघा खोकी लागेकाहरुमा जस्तो कोरोना भने छ महिनामा फेरि फर्केर आउँदैन । प्रत्येक मानिसमा इम्युनिटी बिकास हुँदै गएपछि यो विस्तारै मानिसमा लाग्दैन । इम्युनिटी बिकास भएको मानिसको संख्या बढ्दै गएपछि कोरोना भाइरस असर कम बन्दै जान्छ र कोरोनाको प्रभावकारिता कम हुँदै जान्छ । त्यसकारण कोरोना भाइरस कहिले रोकिन्छ भन्ने विषयमा यही हुन्छ भन्ने सकिँदैन । तर, मेरो विचारमा निम्न कुराहरु भए कोरोना संक्रमण रोक्न सकिन्छ या सकिन्छ जस्तो लाग्छ ।
१) यो संसारमा भएका सबै मानिसहरुमा कोरोना भाइरसले संक्रमण गर्छ । कोरोना भाइरसले संक्रमण गरेपछि जति पनि मानिस बच्छन्, बचेका मानिसमा इम्युनिटी बढेको हुनाले त्यस अवस्थामा कोरोनाले संक्रमण गर्न सक्दैन र कोरोना निर्मुल हुनसक्छ ।
२) कुनै कम्पनी वा देशले भ्याक्सिन बिकास गर्यो वा भयो भने त्यो भ्याक्सिन संसारका सबै मानिसहरुमा प्रयोग गरेर इम्युनिटी डेभलप गराएर भाइरस खतम गर्न सकिन्छ ।
३) भाइसरको सर्ने चेन समाप्त गर्नु, मनिसदेखि मनिसमा ट्रान्समिसन हुनबाट रोकेर मात्र हुनसक्छ । त्यसको लागि कम्तीमा ३० दिनसम्म पूर्ण लकडाउन गर्नुपर्छ । वा, अत्याधिक मात्रामा परीक्षण बढाएर संक्रमितलाई छिटोभन्दा छिटो आइसोलेट गर्ने र समुदायसँगको ट्रान्समिसन रोक्ने ।
माथि उल्लेखित ३ विकल्पमध्ये हाम्रो लागि उपर्युक्त विकल्प भनेको तेस्रो मात्रै हो । अब भाइरसको कुन–कुन सिजनमा कस्तो प्रकार को प्रभाव हुन्छ भनेर अहिले भन्न सक्ने अवस्था छैन । जाडो मौसम हुने रसियामा पनि यो भाइरस देखिएको छ भने अत्याधिक गर्मी हुने खाडी मुलुकहरुमा पनि भाइरस प्रभाव बराबर देखिएको छ । अब तातो वा जाडोको कारण भाइरस मर्ने, असर कम हुने वा मौसम अनुकूल हिसावले भाइरस मर्ने वा फैलने भन्ने कुरा अहिलेसम्म यसै भन्न सकिँदैन । जत्ति पनि मानिसमा भाइरस सर्दै जान्छ, त्यति नै भाइरस कमजोर हुँदै जान्छ भन्ने कुरा पनि अहिले हल्लाको विषय आएको छ । तर, कोरोनाको हकमा त्यो तथ्य प्रमाणित भएको छैन । नेपालकै कन्टेष्टमा हेर्ने हो भने पहिलो पटक नेपालमा भाइरस संक्रमण कम भयो, संक्रमण देखिएकाहरुमध्ये ९९ प्रतिशतलाई त कुनै लक्षण नै देखिएन वा सामान्य लक्षण देखियो । तर, अहिले पछिल्लो पटक देखिएको कोरोना अझ कडा हुँदै आएको अनुमान लगाइरहेको अवस्था छ । अहिले परीक्षणबाट देखिएका पहिलेको भन्दा धेरै प्रतिशत संक्रमितहरुमा कोरोनाको लक्षण देखिएको छ । यसकारण हामीबीचमा त कोरोना अझै कडा (नयाँ प्रक्रिती को स्ट्रेन) हुँदै गएको हो भन्ने विषयमा छलफल भइरहेको छ । भाइरसको विकास चाहिं आगामि दिनमा अझै कडा पनि हुनसक्छ र कमजोर पनि हुनसक्छ । यसको कुनै टुंगो हुँदैन ।
अब नेपालमा कन्ट्रोल गर्न चाहिं के गर्नुपर्ला भन्ने विषयमा म जान चाहन्छु । उदाहरणको लागि इबोला भाइरस कोरोनाभन्दा खतरनाक थियो । अफ्रिकाले इबोला भाइरसबाट संक्रमितलाई पनि बाहिर जान नदिएर कन्ट्रोल गरियो । संक्रमण फैलिएर बाहिर कतै गएको भएपनि त्यहीं तत्कालको तत्काल रोकेर राखियो । जसका कारण मानिसहरु १२ हजार मात्रै मरे । अर्को उदाहरणको लागि अमेरिकामा २/३ हजार जना कोरोना संक्रमित हुँदा चाइनामा ८० हजार संक्रमित थिए । अमेरिकामा अहिले ६० लाखको हाराहारीमा छ भने चाइनामा अहिले ८५ हजारको हाराहारीमा मात्रै छन् । यो ह्युमन ट्रान्समिसन ब्रेक गरेरै भएको हो । अब हामी के भन्न सक्छौं भने सामाजिक दूरी कायम गर्ने विषय नै विश्वमा रोग संक्रमण फैलिन नदिने एउटा उत्तम विकल्प हो ।
नेपालमा कहिले अन्त्य होला कोरोना ?
निष्कर्षमा भन्नुपर्दा नेपालमा संक्रमण रोक्नका लागि गरिएको प्रथम उपाया लकडाउन पनि प्रभावकारी भएको छैन, मानिसहरु सडकमा लखरलखर हिंडिरहेकै छन्, हाट बजार, बजार, पसल खुलेको छ । दोस्रो उपाया कोरोना विरुद्धको भ्याक्सिन हो । नेपालमा तत्कालै भ्याक्सिन आउन सक्ने सम्भावना पनि छैन, रसियाले उत्पादन गरेको भ्याक्सिनले पनि संसारमा कुनै खुसी ल्याएको छैन, त्यहीं पनि त्यसको विश्वसनियता नभएको अवस्था छ किनकी वैज्ञानिक समुदायमा छलफल भएकै छैन भने नेपालले उत्पादन गर्ने सम्भावना छैन । तेस्रो अत्याधिक मात्रामा परीक्षण बढाएर संक्रमितलाई छिटोभन्दा छिटो आइसोलेट गर्ने र समुदायसँगको ट्रान्समिसन रोक्ने । त्यो पनि अहिलेको परिप्रेक्ष्यमा सम्भावना छैन । त्यसकारण हाम्रो अवस्था भनेको गर या मरको अवस्था छ । त्यसैले सबैले आफूलाई सेभ गरौं, सामाजिक दूरी कायम गरौं । इम्युनिटी बढाउने खाद्य पदार्थको सेवनमा ध्यान दिऔं ।
(माईक्रोबायोलोजिस्ट खनालसँगको कुराकानीको आधारमा) ।
खनाल केन्द्रीय प्रबिधी क्याम्पस, हात्तीसार धरानका उप–प्राध्याक तथा सहायक क्याम्पस प्रमुख हुन् ।
Excellent information sir congratulation keep it up in researching…..
Simply explained with clarity.
informative article
राम्रो लेख सर, समय सान्दर्भिक । पढेर बास्तवमै रमाईलो लाग्यो ।