पोखरीमा डुबेर विराटनगरका १६ वर्षीय बालकको मृत्यु

बिराटनगर । मोरङ बिराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का बिशाल चौधरीको मृत्यु भएको हो । पोखरीमा डुबेर वेपत्ता भएका उनको दिउँसो सवा १ बजे मृत अवस्थामा शव पोखरीमै फेला परेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

आइतबार, ३२ साउन, २०७७, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर