उदयपुर कटारीमा अनिश्चितकालका लागि लकडाउन घोषणा

गाइघाट । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दैगएपछि उदयपुरको कटारी नगरपालिकामा अनिश्चितकालिन लकडाउन घोषणा गरिएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आज एक सूचनामा कटारी नगरपालिकामा अनिश्चितकालिन लकडाउन घोषाणा गरेको उल्लेख छ ।

आजै बिहान बसेको बैठकले कोरोनाभाइरस संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष पनि निकालेको छ । आजै दिउँसो १ बजेदेखि सुरु हुने लकडाउनमा स्वास्थ्य सेवा र औषधि पसलबाहेक अरू व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । निजी सवारी साधनहरु मोटरसाइकल, अटो रिक्सा, ट्रक, ट्रिपर, जिप, कार, ट््याक्टरसमेत प्रयोग र हिंडडुलमा रोक लगाइएको उक्त सूचनामा उल्लेख छ ।

आइतबार, ३२ साउन, २०७७, बिहानको ११:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर