कोशी प्रदेश सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

विराटनगर । काेशी प्रदेश सरकारी वार्ता टाेली र प्रदेश १ पुनः नामरण संघर्ष समितिकाे दाेस्राे वार्तामा तीन बुँदे सहमति भएकाे छ ।

विराटनगरस्थित हाेटल स्टर्न स्टारमा बुधबार भएकाे दुई पक्षकाे वार्ता टाेलिले उक्त सहमति गरेकाे हाे ।

उनीहरूबीच प्रदेशको पुन:नामाङ्कनको प्रकृयालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुयाउन आगामी वार्ता सम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्वर ३ र ४ कार्यान्वयन प्रकृया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भयो र सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्त भित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्वन्धमा बिभिन्न अदालतहरुमा विचाराधिन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको बिवरण संकलन गरि पेश गर्न सरकार पक्षवाट २ जना र आन्दोलनरत पक्षवाट २ जना रहने गरि एक कार्यदल गठन गर्ने सहमति भएकाे हाे ।

यसअघिकाे वार्तामा दुईपक्षबीच ५ बुँदे सहमति भएकाे थियाे ।

बुधबार, ०९ फागुन, २०८०, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर